पहिलो पटक गुल्मीमा जहाज आउँदा सबै दङ्ग परे (भिडियो सहित)

गुल्मीको रेसुङ्गा विमान स्थलमा पहिलो पटक जहाज अवतरण हुदा गुल्मीवासी हरु हर्ष र उल्लास सहित बाजा गाजा सहित अत्यन्तै खुसियाली छाएको छ । गुल्मीको रेसुंगा नगरपालिका १० अन्तर्गत सीमिचौरमा निर्माणाधिन रेसुंगा विमान स्थलमा परिक्षण उडान गरिएको छ। रेसुंगा विमानस्थल निर्माण समितिको व्यवस्थापनमा नागरिक उड्ययन प्राधिकरणले तारा एयरको विमानद्वारा परिक्षण उडान गरेको हो।

गुल्मी जिल्लामा पहिलोपटक विमान आएपछि गुल्मीवासीहरूमा अत्यन्तै खुसियाली छाएको छ। विमान अवतरण गरेपछि स्थानीयहरूले बाजागाजा र अविरजात्रा गरेर एकआपसमा खुसि साटासाट गरेका थिए। विमान आउने सूचना पाएपछि हजारौं मानिसहरू विहानैदेखि खानानखाई बिमान स्थल पुगेर दिनभर विमानको प्रतिक्षा गरि बसिरहेका थिए। विमानका क्याप्टेन सन्तोष शाहको नेतृत्वमा तीन जना क्याप्टेन सहित दश जनाको टोलीले उक्त परिक्षण उडान भरेका हुन्।
हेरौ यो भिडियो रविलाल पौडेलले तैयार पारेको !