प्रदिप खड्कालाई करोडौ लगानी गरेर स्टार बनाका चर्चित निर्माता सन्तोष सेनले बनाउने भए आफ्नै ६ बर्षीय छोरालाई नायक

Spread the love

कमल सरगम -काठमाण्डौ,नेपाली चलचित्र क्षेत्रका सफल निर्माताको रुपमा चिनिने चर्चित निर्माता सन्तोष सेनको नया चलचित्र निर्माण हुने पक्का भएको छ।
केहि दिनमै छायांकनको मिति तय गर्ने तरखरमा रहेका सेनले यो पटक आफ्नै ६ बर्षीय छोरालाई चलचित्रमा उतार्दै छन।६ बर्षीय नायकको भूमिकामामा सेनले आफ्नो छोरालाई डेब्यु गर्ने जानकारी दिएका हुन्। ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका हुन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ र केहि दिनमै चलचित्रको सम्पूर्ण जानकारी गराउने सेन बताउछन।

सेनले आफ्नो चलचित्रमा खेलाएका अधिकांश कलाकार यो बेला स्टारको दर्जा पाउन सफल भएका छन।सोहि बिच युवा स्टार प्रदीप खड्कासँग लगालग दुई फिल्म गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन् ।लगातार ६ महिना देखि आफ्नो छोरालाई उनले मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् ।
‘छोरा अब डेब्यूका लागि तयार भइसकेको छ । मलमासका कारण फ्लोरमा जान ढिलाई भएको हो । निर्देशकदेखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको छ’, निर्माता सेनले भने । उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ ।

नाम गोप्य राखिएको यस फिल्मको लिड रोलमा नै सेनका छोरा आयूब रहनेछन् । स्तरिय फिल्म निर्माण गर्ने निर्माताको सूचीमा अग्रस्थानमा आउने सन्तोष प्रदीपलाई लिएर ‘प्रेमगीत’ को तेस्रो सिरिज निर्माण गर्ने तयारीमा समेत छन् ।