नेपाली चलचित्र ‘भैरे’ को बहुप्रतिक्षित दुई पोस्टर सार्वजनिक गरियो !

काठमाण्डौं – जेठ १८ गते धमेकदार रुपमा रिलिज हुन लागेको निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र “भैरे”को पोस्टर सार्वजनिक भएको छ । रिलिज भएको दुई पोस्टरमा दर्शकमा राम्रो क्रेज छोड्न सफल चर्चित नायक दयाहाङ राई तथा नायिका सुरक्षा पन्तलाई मुख्य भूमिकामा देख्न सकिन्छ । यसको साथै विक्रान्त वस्नेत, वर्षा सिवाकोटी, बुद्धि तामाङ र बाल कलाकार अनुभव रेग्मीलाई रहेका छन्।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गरेका छन् भने सुरक्षा पन्त उनको जोडीका रूपमा देखिएकी छिन् । चलचित्रको पोस्टरमा नायक दयाहाङ राई र नायिका सुरक्षा पन्त दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त, वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरद्धारा निर्मित, निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।