कसैले पनि हाम्रो जितमा बाधा गर्न सक्दैन ,जित निश्चित भइसक्यो,घोषणा मात्रै हुन बाँकी छ :सरोज बस्नेत

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन मिति अत्यन्तै नजिक आइरहेको छ । यही बैशाख ८ गते इक्यानले निर्वाचन मार्फत अगामी दुई बर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । यतिखेर सरोज बस्नेत र विष्णुहरी पाण्डे प्यानलनै बनाएर चुनावि मैदानमा छन । दुबै टिम आफ्नो प्यानलनै विजयी हुने दावि सहित निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन ।

यही मेसोमा अध्यक्षका उमेद्वार सरोज बस्नेतलाई मोटिभेट न्यूजले सोधेको थियो, ‘चुनाव नजिकै आइसक्यो कस्तो छ अवस्था ?’ उनले जवाफ दिए, ‘हाम्रो तयारी र सबै क्यालकुलेशनका आधारमा हामीले निर्वाचन जिति सक्यौँ । अव मतदान मार्फत औपचारीक परिणाम आउने प्राविधिक कुरा मात्र बाँकी छ । जति ठाँउमा हामी पुग्यौँ मतदाताहरुबाट हामीले सोचेको भन्दा अपार माया र विश्वास प्राप्त गरेका छौँ । यसबाट हाम्रो निष्कर्ष के हो भने अव हाम्रो प्रतिशपर्धा कति मतले चुनाव जित्ने भन्ने मात्र हो ।’

उनले भने, ‘हामी संग टिममा बर्षौ देखि परामर्श क्षेत्रमा लागेका आफूलाई परामर्शदाता हुँ भनेर गर्वका साथ परिचय दिन सक्ने प्रोफेशनल टिम छ । यो टिमलाई नजिताए कसलाई जिताउने ? केही साथीहरु अझैपनि केही गरि सरोज बस्नेतलाई हराउन सकिन्छ की भनेर लागिरहनु भएको छ । यो उहाँहरुको मृगतृष्णा मात्र हो ।’

बस्नेत प्यानल ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नाराका साथ ‘भिजन २०२० लक्ष्य लिएर चुनावि मैदानमा छ । केही दिन अघि मात्रै विशेष कार्यक्रम मार्फत औपचारीक उमेद्वारी घोषणा गरेको बस्नेत टिम देश दौडाहबाट फकिएपछि निकै उत्साहित देखिएको छ । मोटिभेट न्यूजसंग कुरागर्दै बस्नेतले आफ्नो पुरै टिमनै विजयी हुने दावि समेत गरे ।

उक्त टिमबाट अध्यक्षमा सरोज कुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठ उमेद्वार रहेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के।सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाह उमेद्वार रहेका छन ।