खुट्टा काँधमाथि राखेर छमछमी नाच्ने र बाइक समेत चलाउने अचम्मका युवा [हेर्नुहोस् भिडियो]

बिद्वानहरु नयाँँ काम गर्दैनन् बरु पुरानै कामलाई फरक र नयाँ शैलीबाट प्रस्तुत गरेर सफलताको पृथक पाटो बनेर देखाउन उद्यत हुन्छन् । जसबाट उ आफूभन्दा बढी अरुलाई पाठ सिक्ने अवसर र वातावरण सिर्जना गरिदिन्छन् । असम्भव जो ठहरीएका कुराहरु नियमित अभ्यासबाट पूर्ण सभावनाको ढोका खोलेर पुष्टी गरेर देखाउछन् । यस्ता प्रतिभावान व्यक्ति व्यक्तिमात्र नभई सिंगो समाजले पढेर अनुभव ज्ञान लिदै सकारात्मक मनोबल बढाउन मद्वत पु¥याउछ । खुल्ला पुस्तकको प्रतिमूर्तिका स्वरुप स्थापित हुन र गराउन सफल हुन्छन् । मानवीय मस्तिष्कबाट घोषित ठूला चूनौतीमाथि जित हासिल गरी चुनौतिलाई नै चुनौती दिदै आफ्नो थप पहिचान बनाउन उत्तिकै सफल हुन्छन् ।

यसरी निरन्तर अभ्यासबाट असम्भवमाथि जित हासिल गर्दै समाजमा बेग्लै पहिचान बनाउन सफल व्यक्तिको सूचीमा उदयपुरबाट राजधानी छिरेर ‘नेपाल डान्स किङ’ को पहिचान बनाउन सफल मनिष श्रेष्ठ पनि एक हुन् । सानै उमेरदेखि कलाको माध्यमबाट पृथक अभ्यासलाई प्राथमिकता दिने उनी कडा परिश्रम र अथक प्रयाससँगै खुट्टा काँधमाथि राखेर छमछमी नाच्ने कलाको विकास गरी ‘नेपाल डान्स किङ’को रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् । उदयपुरको बिकट पहाडी गाविस सोरुङछविसेमा जन्मिएका मनिष गाउँमै सामान्य शिक्षा हासिलसँगै कलाकारिताको मोहले तानेर उनलाई राजधानी पुर्यायो । उसै त प्रतिभा र सज्जनहरुको कुम्भसागर काठमाडौं । धेरै र फरक फरक क्षमताका व्यक्तिहरुको जमघट बाक्लै रहने काठमाडौंमा संघर्ष गर्नु चानचुने कुरा थिएन । तैपनि उसले साहस गरे आत्मविश्वास ढल्न दिएनन् । निरन्तर लागीपरे । कर्ममा विश्वास गर्दै अगाडी बढीरहे फलत आफैले नसोचेका उपलब्धीहरु आज एकपछि अर्को गर्दै हात पारिरहेका छन् मनिष ।

‘गरे के हुन्न ?’ मनिष भन्छन्, ‘सबै सम्भव छन् तर सुरुवात, मिहेनत, धैर्यता र निरन्तर लगनशीलता चाहिन्छ ।’ प्रतिभाहरुको बीचमा मुक्काबिल्ला गर्न राजधानी छिरेका उनको सुरुवातका दिनहरु निकै कष्टकर बिते । केही समय नबित्दै कलाकर्मी श्याम भट्टराईसँग उनको चिनजान भयो । उनै भट्टराईको सहयोगमा छविराज प्रोडक्शनमार्फत कलाकारिता क्षेत्रमा औपचारिक रुपमा प्रवेश गर्ने मौका पाएको उनी सम्झन्छन् । सुरुवातमा ६ महिना उबेला चल्तीका एक्शन नायक बिजार भट्टको हाउजीङमा नृत्य सिके । त्यसपछि केही समय आफै नृत्य प्रशिक्षकको रुपमा सोही हाउजीङ्मा काम गरे । समय उक्लिदै थियो । परिस्थिती फेरिदै जाँदा उनी आफै काठमाडौंस्थित बहुचर्चित एमएस डिग्री स्टार कला केन्द्रका मालिक बन्न पुगे । जुन नेपालकै सबैभन्दा ठूलो हल र सुविधासम्पन्न नृत्य प्रशिक्षण केन्द्र हो । भर्खरै २३ वर्ष पार गरिरहेका मनिषले पाँच सय बढी म्यूजिक भिडियोहरु नृत्य तथा निर्देशन गरिसकेका छन् भने देशका थुप्रै स्टारहरुलाई पनि नृत्य सिकाईसको छन् ।

एक वा दुवै खुट्टा काँदमाथि राखेर हातका साहराले गीतको तालमा नाच्न सक्ने फरक क्षमताका कारण उनी केही वर्ष अगाडि उनी ‘नेपाल डान्स किङ’ घोषित भए । आज पनि उनी आफूलाई त्यसैको आधारमा शुभचिन्तकहरुमाझ ‘नृत्य बिधाका अब्बल बादशाह’ अर्थात ‘डान्स किङ’ भन्न रुचाउछन् । मनिषद्वारा नृत्य निर्देशित म्यूजिक भिडियोहरु बजारमा हंगामा मच्याइरहेको बताउछन् । ‘घुम्नजाउँ उदयपुर कटारी…, फेसबुकको साथी…. लगायतका म्युजिक भिडियो अत्याधिक चलेको दाबी गर्छन् । उनले चल्तीका नृत्याङ्गना पार्वती राई, ज्योती मगर र रस्मी तामाङ लगायतका कलाकारसँगै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । त्यस्तै उनैले निर्देशन गरेका म्यूजिक भिडियोमध्ये झल्को उनकै छ बोलको गीतमा सबैभन्दा बढी चर्चा पाएको बताउछन् । यही गीतको म्यूजिक भिडियो निर्देशनबाट उनलाई ‘डान्स किङ’को अवार्ड मिलेको थियो ।

नृत्य र निर्देशनमा मात्र हैन । उनी गीत संगीत क्षेत्रमा पनि उत्तिकै जम्ने प्रयत्नमा छन् । पछिल्लो समय उनले डेडदर्जन बढी कलेक्शन एल्बमहरुमा स्वर दिइसकेको बताउछन् । जसमध्ये ‘ओ बेबी…, देखाई सपना…, हेरिरहू…..जस्ता गीतहरु अहिले चर्चामा छन् । केही वर्षअगाडि सम्पन्न सगरमाथा स्टारको उपाधि हात पार्न सफल उनी गृह जिल्लामा आयोजित उदयपुर ताराका लागि नृत्य बिधामा उपविजेता पनि हुन् ।

नेपालमा फरक नृत्यबाट तहल्का पिट्ने मनिष देशबाहिर पनि उत्तिकै चर्चामा छन् । उनले पछिल्लो समय भारतीय कलाकारितासँग जोडिएको ठूलो मनोरञ्जनात्मक टेलीश्रृङ्खला डान्स इन्डीया डान्स (डीआईडी) मा पनि सफल सहभागिता जनाइसकेका छन् । डीआईडीमै प्रस्तुत हुने एक नृत्यका लागि उनी स्वयंले निर्देशन गर्ने मौका पनि पाएका थिए ।

काँधमा एक वा दुवै खुट्टा राखेर छम्छमी नाच्न सक्ने कलामा पोख्त मनिषले अर्को चटक गर्ने तयारी गरेको बताएका छन् । उनले काँधमै एउटा खुट्टा राखेर मोटरसाईकल स्टन तथा उल्टो आसणबाट मोटरसाईकल चलाएर रेकर्ड रमो पछिल्लो समयमा काधमा खुट्टा राखेर उल्टो बाइक चलाएर नया किर्तीमान कायम गर्ने कोसीसमा लागीपरेका छन् मनिष । अहिले दैनिक २० मिनेटका दरले एउटा खुट्टा काँधमा राखेर उल्टो मोटरसाईकल कुदाउदै आएको उनले दाबी गरेका छन् । केही समयपछि नै आफ्नो लक्ष्य अनुसार तयारी पूरा भएपछि ‘नेपाल डान्स किङ’सँगै औपचारिक रुपमै अर्को रेकर्डका लागि काँधमाथि खुट्टा राखेर उल्टोमोटरसाईकल कुदाउने योजना रहेको उनी बताउछन् ।

आफूले आफैलाई चिन्न थालेदेखि मनिष स्वयं कलाकार बन्ने सोखले भौतारिरहेका उनी सुरुमा संघर्षशील युवाको रुपमा परिचित थिए । त्यसपछि अनावरत मिहीनेतले उनलाई एकपछि अर्को सफलताका झुकाहरु ल्याईदियो । मानौ त्यो सम्हाल्नै गाह्रो हुन्छ कहिलेकाही । संघर्षका पहिलो पाईलाहरुमा सफल नृत्यकार त्यसपछि सफल नृत्य प्रशिक्षक र निर्देशकको रुपमा चर्चा बटुल्दै आएका मनिष सकारात्मक गतिबिधिहरुबाट सामाजिक नाम बदल्ने रफ्तारमा छन् । हाल सयौँ म्यूजिक भिडियोहरु निर्देशनकाका लागि ‘वेईटीङ लिस्ट’मा छन् ।

हरेक दिन दुईदेखि चारवटासम्म म्यूजिक भिडियोको काममै व्यस्त रहने मनिष पछिल्लो समय कान्तिपुर टेलीभिजनबाट प्रस्तुत हुने बहुचर्चित हास्य टेलीश्रृङ्खला ‘हर्के हल्दार’मा पनि पेट मिचीमिची दर्शक हसाउने धारावाहिक मुख्य भूमिका पाएका छन् । उनी ‘हर्के हल्दार’मा गोक्ते काजीका नोकर ‘धतुरे’को रुपमा देखिएका छन् । जहाँ उनी इमान्दार र सोझा नोकरको रुपमा प्रस्तुत गरिन्छ । साप्ताहिक रुपमा सानो पर्दामा प्रसारण हुने हर्के हल्दारमा ‘काजी बा रिचार्ज किन्न पसल जाने कि दोकान जाने’जस्ता डाईलगहरु चर्चामा छन् ।

हेर्नुहोस् भिडियो :