कोहलपुर एक्सप्रेसका नायक बिनोदसँग यि सुन्दरीको रोमान्स भिडियोमा हेर्नुहोस्

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतले थालेको नयाँ काम हो म्यूजिक भिडियो निर्देशन । गायक तथा संगीतकारका रुपमा स्थापीत भइसकेका तुला पर्वत निर्देशनमा पनि गज्जबसँग जम्न थालेको उनको हालै सार्वजनिक भिडियोले पुष्टी गर्छ । झलेन्द्र शर्माका उत्कृष्ट शब्द शृजनामा तयार भएको गीतमा मोडलद्धय श्रीषा कुँवर र बिनोद न्यौपाले र राज केपी जिवन्त अभिनय गरेका छन् । श्रीषा पछिल्लो समयकी चर्चित गायिका ताथ मोडल हुन् भने बिनोद म्यूजिक भिडियो हुँदै चलचित्रमा समेत जम्न लागेका नायक हुन् ।

नायिका केकी अधिकारीले निर्माण फिल्म कोहलपुर एक्सप्रेसमा अभिनय गरेपछि उनी चर्चामा छन् । जुन फिल्म प्रर्दशनमा आउने तयारीमा रहेको छ । भिडियोले पछिल्लो पुस्ताको माया प्रेममा हुने धोका र पिडालाई नजिकबाट केलाउन निर्देशक तुला सफल देखिन्छन् । पोखरा आसपासका क्षेत्रमा खिचिएको गीत अत्यन्तै लोकप्रिय बन्नेमा तुला ढुक्क छन् । गीतमा पुष्कर सुनुवारको एरेन्ज रहेको छ भने छायांकन अर्जुन सापकोटाले गरेका हुन् । मोती कार्कीले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजारमा ल्याएको हो ।