राजकीय भ्रमणको लागी प्रधानमन्त्री ओलीलाई नेपालबाट यसरी भयो भब्य बिदाई (भिडियो सहित )

सुनौलो नेपाल/काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी देश भारतको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान पौन नाै बजे भारत प्रस्थान गरेका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।

प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, एमालेका उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।

भिडियो हेर्नुहोस