आजको राशिफल (२०७४ चैत्र २३ गते/२०१८ अप्रिल ०६)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :–
१८ गते : विश्व मूर्ख दिवस (अप्रिलफूल डे), साथीभाइलाई छक्याएर रमाइलो गर्ने दिन, वैष्णवीदेवी यात्रा (विशालनगर), मत्स्येन्द्रनाथस्नान (ललितपुर), बुगन्हवँ (नेवारी पर्व), मूहुर्त : द्विपुष्कर योग बेलुका ०५।१६ बजेपछि, रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने
१९ गते : मूहुर्त : ब्रतबन्ध (उपनयन), अग्निवास(होमादि)
२० गते : साँखु यात्रा (सकोयात)
२१ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)
२२ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अक्षरारम्भ, पसल थाप्ने, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण
२३ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)
साप्ताहिक राशिफल
(वि.सं. २०७४ चैत्र १८ गतेदेखि वि.सं. २०७४ चैत्र २४ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मूलतः मनोरञ्जनात्मक समय भए पनि मिश्रित फल प्राप्त हुने समय छ । प्रारम्भमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । सोमबारपछि प्रायः प्रणयसम्बन्ध र रतिरागका लागि राम्रो समय छ । इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । बुधबारपछि आठौं भावमा चन्द्रमा रहने छ, ढिलो गरी कार्यसम्पादन हुने समय छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनसक्छ । व्यवहारिक हानी हुनेछ, होस राख्नुपर्छ । साताको अन्त्यमा भाग्यमा पुग्ने चन्द्रमाले केही सकारात्मक परिणाम प्रदान गर्न सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समग्रमा राम्रो समय छ, प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । साताको प्रारम्भमा सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । तर साताको मध्यभागमा स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ, आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । साताको अन्त्य पनि अनुकूल रहने छैन, पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्ने समय छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना हुन्छ । सोमबारदेखि बुधबारसम्म बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुनेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । बुधबारपछि फेरि प्रतिकूलता प्रारम्भ हुनेछ, सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । तर साताको अन्त्यमा शुभफल प्राप्त हुनेछ, आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । समग्रतामा यो साता हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र सामथ्र्यमा बृद्धि हुने समय चल्दैछ । साताको प्रारम्भमा व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर सोमबारपछि घरपरिवारमा मतभेद हुने सम्भावना छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । फेरि बुधबार उताको समय उत्साहवद्र्धक रहने छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा दृष्टिशक्तिमा कमी आउन सक्छ, व्यवहारिक समस्याले अवरोध हुने सम्भावना पनि छ, त्यसैले संयमता र धैर्यतालाई त्याग्नु हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुने समय छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बुधबारदेखि शुक्रबारसम्म चतुर्थ भावको चन्द्रमाले गर्दा आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु पर्छ । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । तर साताको अन्त्यमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले लाभ पाउने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो राशिमा रहेको चन्द्रमाका साथमा साताको सुरुवात भएको छ, अतः यो साता आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । नयाँनयाँ जिम्मेबारी वहन गर्नु पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुने समय आएको छ । तर आगामी शनिबारका दिन घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवहारिक खर्चमा बृद्धि हुने समय आएको छ, साताको प्रारम्भमा नै सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ, होस राख्नुपर्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना छ । सोमबारपछि नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । साताको अन्त्यमा साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिश्रित प्रभाव भएको मध्यम फलदायी समय छ । सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएपनि सोमबारपछि दुई दिन त्यति अनुकूल दिन हुने देखिंदैन । तर समग्रतामा यो साता भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, त्यसैले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यो समय विशेष महत्वको समय हुनेछ । मिहिनेतको परिणाम प्राप्त हुँदा हर्षित भइने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । तर बुधबारपछि शुक्रबारसम्म धनसङ्ग्रहका क्षेत्रमा बाधा छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । शनिबार आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुने भएकाले शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समग्रतामा राम्रै समय छ, समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाग्यस्थानको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । सोमबारपछि कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनुपर्ने छ । साताको अन्त्यमा खर्चमा बृद्धि हुनेछ, छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । उता बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रारम्भ अनुकूल छैन, यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा पनि संयमता अपनाउनु पर्छ, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । सोमबारपछिको समय राम्रो रहने छ, धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिश्रित प्रभाव भएको साता छ, प्रारम्भमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । सोमबारदेखि बुधबारसम्म खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । बुधबारपछि धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाइने छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । साताको अन्त्यमा लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)वि.सं. २०७४ चैत्र २३ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अप्रिल ०६ तारिख,
वैशाख कृष्ण षष्ठी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, वरीयान् योग, गर र वणिज करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १०:३३ देखि १२:०७ सम्म
यमघण्ट : दिउँसो ०३:१५ देखि ०४:४९ सम्म
गुलिक काल : बिहान ०७:२५ देखि ०८:५९ सम्म
रोग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१५ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०७ देखि ०१:४१ सम्म
अमृत वारवेला : बिहान ०८:५९ देखि १०:३३ सम्म
पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अपराह्नपछि चन्द्रमाको शुभ फल प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ, किनभने दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुनेछ । पारमार्थिक कामप्रति चासो बढ्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । यद्यपि दिनभरि दुःख र झमेला व्यहोर्नु पर्ने दिन भए पनि बेलुकीपख सन्तुष्टिको वातावरण मिल्नेछ । परदेशमा बसोबास गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न सक्छन्र । अपराह्नपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए पनि प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । छोराछोरी र भाइबहिनीको भावना बुझेको राम्रो हुन्छ । दाम्पत्यसम्बन्ध सामान्य रहने छ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । तर आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि शुभ सङ्केत मिल्नेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com