यस्तो रहेछ राजु परियार हराउनुको कारण, कसैलाई नभनेका राजुका गोप्य कुराहरु पहिलो पटक मिडियामा (अन्तरवार्ता)

लोक तथा दोहोरी गीतका बादशाह राजु परियार पछिल्लो समय त्यती देखीदैनन् । उनी नेपाली लोक संगीतबाट हराउँदै गएको आरोप लगाउनेहरु धेरै छन् । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियारले । केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वा्धिक चर्चा पाएको गीत हो । सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मायालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् । पछिल्लो समय बिदेशका कार्यक्रममा बढी व्यस्त हुने राजुले अब छिटै कोमल वलीको पोईल जान पाम गीतलाई जवाफको रुपमा कोमल वलीसंगै गाएर निकाले कुरा अन्तरवार्ताकै क्रममा खुलासा गरे । उनी भन्दै थिए राजु परियारलाई न रक्सीले न केटी कसैले बिगारेका होईनन् बिदेशको कार्यक्रम बढी पर्ने भएकाले त्यता बढी जानुपरेको खुलासा समेत गरे । राजु परियाले अहिले सम्म मिडियामा नभनेका धेरैकुराहरु यस अन्तरवार्तामा पहिलो पटक भनेका छन् ।