पोखरामा बस दुर्घटना हुदाँ एकको मृत्यु , १० घाइते, बस चालक फरार (भिडियो)

पोखरा लेखनाथ महानगरपालिका -३२ लामे आहालमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
बिहान पोखराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस दुर्घटना हुदाँ बसका सहचालक लमजुङ धमिलिकुवा निवासी सुजन गुरुङको मृत्यु भएको हो । बस दुर्घटना हुँदा घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए । बस सडकबाट करिब २५ मिटर तल खसेर बस दुर्घटना ग्रस्त भएको थियो ।
दुर्घटना ग्रस्त बसमा सवार २० जना मध्ये अन्य दश जना घाईते भएको प्रहरीले उल्लेख गरेको छ । घाइतेहरुको पश्चिमान्चल क्षेत्रीय अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बस चालक फरार रहेकोले उसको खोजिकार्य भइरहेको छ ।