नेपाली टीमको भब्य स्वागत, विमानस्थलमै भाबुक भए पारस समर्थकले घन्काए यस्ता नारा (भिडियो सहित)

Spread the love

काठमाडौँः नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताएका छन् । जिम्बाब्वेमा भएको विश्वप छनोट प्रतियोगितामा सहभागी भएर सोमबार काठमाडौँ ओर्लेपछि पारसले पुर्वाधार र सुविधाको अभावबीच पनि खेलाडीहरुले देशका लागि सक्दो मेहनत गरेर खेलेको बताएका हुन् ।

‘हामीले पूर्वाधार र सुविधाको कमी हुँदा हुँदै पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेका छौँ’, पारसले भने, ‘अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्छ ।’

वान डे इन्टरनेशनल मान्यता पाएपछि फन्डिङदेखि सबैका कुरामा नेपाललाई फाइदा हुने बताउँदै पारसले धेरै वर्षदेखिको सपना पुरा हुँदा आफ्नो टिमका सदस्यदेखि क्रिकेट प्रेमी पनि हर्षित भएको उल्लेख गरे ।

हेर्नुहोस भिडियो यसरी बह्यो स्वागत