यसकारण प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त, यी हुन् उनी माथी लागेका आरोपहरु (भिडियो)

Spread the love

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।
नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
पराजुली पछिल्लो समय जन्ममिति विवादमा परेका थिए । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले पराजुलीको जन्ममिति २००९ कायम गरेको थियो । सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतको उमेरबारे कार्कीले गरेको निर्णय उल्टाएपछि न्याय परिषद्ले पराजुलीको पनि नयाँ जन्ममिति १६ वैशाख २०१० लाई मान्यता दिएको थियो । तर, न्याय परिषद्को निर्णयका बाबजुद पराजुलीको उमेर विवाद सुुल्झिएन । पराजुलीलाई बर्खास्त गर्न माग गर्दै डा. गोविन्द केसीले अनसन समेत बसेका थिए ।