Saturday, Mar 06 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
शनिबार, २२ फाल्गुण २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

नेपालबाट पहिलो ओलम्पिक खेल्ने इतिहास रच्ने नामसिंह थापा मगर यिनै हुन् !

ScotNepal March 12, 2018
0 Shares
Share
Tweet
WhatsApp
Vibe

–नविन अर्याल

सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि मलेसियामा ठूलो हाहाकार मच्चियो। आर्थिक जर्जरताले यहाँका मान्छे धमाधम मर्न थाले। यो अवस्था रोक्न बेलायती सरकारले निर्णय लियो, मलेसियामा रहेको टिन तथा रबर फ्याक्ट्रीमा लगानी गर्ने। ३ वर्षको प्रयासपछि मलेसियाको आर्थिक अवस्थामा केही सुधारको लक्षण देखिँदै थियो। त्यहाँको कम्युनिस्ट पार्टीका गुरिल्लाहरूको संगठन ‘मलायन नेसनल लिबरेसन आर्मी’ ले १६ जुन, १९४८ मा युरोपका वृक्षरोपण कार्यक्रमका ३ पदाधिकारीको पेराकस्थित सुन्गाइँ सिपुटमा हत्या गर्यो। घटनाबाट अतालिएको बेलायतले कम्युनिस्ट गुरिल्ला तह लगाउन सेनामा थप आर्मी भर्ती गर्ने निर्णय गर्‍यो।

यति नै बेला स्याङ्जा मनकामना गाविसका एक अधबैंसे ठिटो केशबहादुर थापा आफ्नो पाँचवर्षे छोरासहित परिवारलाई देशमै छोडेर बेलायती सेनामा भर्ना भए।

वास्तवमा सन् १९६४ मा टोकियो ओलम्पिक खेल्ने पहिलो नेपाली बक्सरको इतिहास बनाएका नामसिंह थापाको कहानी यहीँबाट सुरु हुन्छ।

उनी दूधेबालक हुँदै बुवा केशबहादुर ‘सेकेन्ड सिक्स जिआर’ मा भर्ना हुन मलेसियाको पेराक इपो पुगेका थिए। तर, ३ वर्ष छोटो ड्युटीपछि रमाइलो घटना भयो। सामान्यतया बेलायती सेनामा प्रवेश गरेको १५ वर्षको अवधिभित्र सेनाले एकपल्ट आफ्नो परिवारलाई आफूसँगै ल्याउने अनुमति दिन्छ। केशबहादुरले सेनामा भर्ती भएको छोटो समयमै श्रीमतीसहित ८ वर्षे छोरा नामसिंहलाई मलेसिया ल्याउने स्वीकृति पाए। त्यतिबेला थापा परिवारको आर्थिक अवस्था सन्तोषजनक थिएन। त्यसैले केशबहादुर चाहन्थे, छोरालाई आर्मी क्याम्पमै राखेर पढाउने। नभन्दै आफ्नो छोरा नामसिंहलाई राखे पनि।

नाम सिंह

तर, ३ वर्ष पेराक इपो बसेपछि घरायसी कामले आमा नेपाल फर्किनुपर्ने भयो। १२ वर्षको फुच्चे उमेरमै नामसिंहको बिछोड भयो, आमासँग। पल्टनको नियम थियो, सिपाहीका छोराछोरीले ३ वर्षमात्र आर्मी स्कुलमा पढ्न पाउने। उनले १४ वर्षको उमेरसम्म पेराक इपोस्थित गोर्खा चिल्ड्रेन स्कुलमा बसेर पढे। त्यसपछि नामसिंहका बुबालाई आपत् पर्यो, छोरालाई घर फर्काउने कि के गर्ने! उनले केही नसोची १४ वर्षको छोरालाई एक्कासि सुन्गाइँ पटानीस्थित ब्वाइज कम्पनीमा भर्ती गराइदिए। यसपछि उनको बिछोड भयो, बुबासँग पनि। सुन्गाइँ पटानीको ब्रिगेड अफ गोर्खाजमा २ वर्ष ट्रेनिङ गर्ने क्रममा उनलाई सुरुमा लागेको थियो, जेलमा बसेसरह। आमाबुबाको साथ नपाउँदा उनी रातभरि रुन्थे। यही ट्रेनिङ गर्ने क्रममा उनी बक्सर भएर निस्के। ब्वाइज कम्पनीको नियम थियो, आर्मी ट्रेनिङ र अध्ययनसँगै अनिवार्य खेल्नुपर्ने। २ बजे दिउँसो सुतेपछि साढे ३ बजे खेलमैदानमा पुगेन भने त्यसले ठूलै सजाय पाउँथ्यो। त्यतिबेला ब्वाइज कम्पनीमा बास्केटबल, क्रिकेट, फुटबल, रनिङ र बक्सिङ अनिवार्य थियो।

नामसिंहलाई फुटबल निकै मजा लाग्थ्यो। उनी सेन्टर हाफका राम्रै खेलाडीमा गनिन्थे। यहाँ उनको दैनिकी नै थियो, बिहान करिब साढे ४ बजे उठ्ने र १० किलोमिटर दौडिने। ‘हामीलाई शारीरिक रूपमा बलियो बन्न सिकाइएको थियो। त्यसैले प्रोटिनयुक्त खाना खानुपर्थ्यो। माछा खाँदाखाँदै हैरान,’ उनी सम्झन्छन्।

सुरुका दिन बक्सिङ ट्रेनिङमा जाँदा उनलाई अत्यास लाग्थ्यो। नलागोस् पनि किन? कुटाइ खाँदा कहिले नाक भाँचिने, कहिले मुख फुट्ने। उनी लगायत क्याम्पसमा रहेका अन्य नेपालीलाई बक्सिङ सिकाउन त्यति बेला एकजना सिनियर बक्सर मेघबहादुर राईलाई तैनाथ गरिएको थियो।

पछि कुटाइ खाँदाखाँदा नामसिंह यति जब्बर भए, ४० केजीका यी लुरे सन् १९६० मा पेनाङमा आयोजना भएको बक्सिङ प्रतियोगिताका लागि आर्मी टिमको ‘मस्क्युटो वेट’ मै छनोट भए। त्यति बेला मलेसियमा वर्षको अन्त्यतिर बक्सिङको ठूलो प्रतियोगिता आयोजना हुन्थ्यो, जसमा स्थानीय क्लबका बक्सरदेखि आर्मी टिम सहभागी हुन्थे।

यही प्रतियोगितामा पहिलोपल्ट भाग लिन पेनाङ जाँदा एउटा रोचक घटना भएछ। नामसिंहभन्दा एक वर्ष सिनियर पुरन गुरुङ पनि प्रतियोगितामा सहभागी थिए। उनी यति बलियो बक्सर थिए, प्रतियोगिताकै क्रममा उनले पहिलो बाउटमै स्थानीय एक मलायाको करङ भाँचिदिए। दुर्भाग्य! उपचारका लागि अस्पताल लैजाँदै गर्दा त्यो मलायाको बाटोमै निधन भयो। यसपछि के चाहियो! सबै विपक्षी बक्सर आर्मीका खेलाडीसँग थुरथुर। गोर्खाली बक्सर भनेपछि भिड्नै डराउने। त्यो वर्ष १० आर्मी बक्सर सहभागी प्रतियोगितामा ८ जनाले स्वर्ण जिते। जसमा नामसिंहको पनि नाम थियो। उनले अंकको आधारमा फाइनलमा मलाया बक्सरलाई हराएका थिए। अर्को वर्ष यही प्रतियोगिताका लागि पुनः पेनाङ पुग्दा पुरन गुरुङको खेल हेर्न आएका स्थानीय दर्शक चिच्याए,‘नखेल योसँग। मार्छ यसले।’त्यति बेला बक्सिङ हेर्न पेनाङमा ठूलो भिड थियो।

पहिलो वर्ष नै नामसिंहको प्रदर्शन राम्रो भयो। त्यसपछि आर्मीले जुनियर प्रतियोगिताका लागि उनलाई सिंगापुर खेल्न पठाउने निधो गर्यो। त्यति बेला सिङ्गापुर मलेसियाबाट छुट्टिइसकेको थिएन। आर्मी गाडीमा मलेसियाको अन्तिम बोर्डर जोहरबारु हुँदै सिंगापुर प्रवेश गर्न उनलाई ७ घन्टा लाग्यो। ‘थाकेर लोथ तर २ घन्टाको विश्रामपछि रिङमा पुगिसकेको थिएँ,’ उनी त्यो घटना सम्झन्छन्। त्यति बेला पनि उनको समूह ‘मस्क्युटो’ नै थियो। उनले सिङ्गापुरमा त्यहीँका स्थानीय मद्रासी खेलाडीलाई हराएका थिए।

मलेसियाको आर्मी क्याम्पमा रहुन्जेल बक्सिङले उनको पिछा नछोडेको दिनै थिएन। सन् १९६० मा कम्युनिस्ट गुरिल्लासँगको युद्ध समाप्त भयो। त्यसको २ वर्षपछि उनको रेजिमेन्ट (सिक्स्थ क्विन एलिजाबेथ अन गोर्खा राइफल) हङकङ फर्किने निधो भयो। उनी आफ्नो रेजिमेन्टसँगै हङकङ फर्किए। सन् १९६२ को अक्टोबरमा हङकङको काइताक विमानस्थलमा पहिलोपल्ट अवतरण गर्दा उनी निकै खुसी थिए, अब बक्सिङ खेल्नु पर्दैन भनेर। तर, हङकङमा अर्को रमाइलो घटना भयो। आर्मी क्याम्प प्रवेश गरेको भोलिपल्टै उनले चाल पाए, त्यहाँ त मलेसियामा भन्दा उत्कृष्ट बक्सिङ प्रशिक्षक दिनहुँ अभ्यास गराउँदा रहेछन्।

बिली टिंगल, अस्ट्रेलियाका पूर्व च्याम्पियन। भोलेन्टियरका रूपमा बक्सिङ सिकाउन हङकङ बसेका रहेछन्। टिंगललाई पनि दोस्रो दिन नै थाहा भयो, मलेसियाबाट आएको समूहमा नामसिंह र रामप्रसाद गुरुङ राम्रा बक्सर छन् भनेर। यसपछि उनको बक्सिङ यात्राले झन् निरन्तरता पायो।

‘मलेसियामा सामान्य सिकाइ हुन्थ्यो। हङकङमा पूरै व्यावसायिक,’ उनी भन्छन्। हङकङमा स्टाफ सार्जन बुर्गसले शारीरिक कसरत गराउँथे। अभ्यास यति कडा हुन्थ्यो, बिहान ७ मा सुरु भएर १२ बजे सकिन्थ्यो। बक्सरहरूले ब्रेकफास्टपछि फेरि ३ देखि ६ बजेसम्म अभ्यास गर्नुपर्थ्यो।

‘नाडी बलियो होस् भनेर काठको ठूलो खाँबा फ्याँक्थे। त्यो समाउनुपर्थ्यो,’ उनले अनुभव सुनाए। सुरुका केही महिना हात सुन्निएर राम्रोसँग सुत्न पनि सकेनन् उनी। हङकङमा नेभी, एयरफोर्स र स्थल सेना गरी ३ वटै रेजिमेन्टका बक्सरबीच वार्षिक भिडन्त हुन्थ्यो। त्यतिबेला नामसिंह फ्लाइवेट समूहमा उक्लिसकेका थिए। यो स्पर्धामा पनि आफ्नो समूहमा उत्कृष्ट ठहरिए। त्यसपछि उनलाई हङकङ आर्मीबाट प्रतिनिधित्व गराउँदै सन् १९६४ मा सिंगापुरमा आयोजना भएको ‘फार इस्टल्यान्ड फोर्सेस बक्सिङ च्याम्पियनसिप’ मा खेल्न पठाइयो। त्यहाँ उनको भिडन्त भएको थियो, ‘वान रोयल ग्रिन ज्याकेट’ का एक गोरासँग। गोरा यति बलियो, उसँग भिड्नु भनेकै मुर्खता थियो। त्यसमा पनि ऊ आफ्नौ तौल ३ केजी घटाएर फ्लाइवेटमा खेल्न आएको रहेछ। ‘हम्मे नै बनायो मोराले। पछि अंकको आधारमा जितेँ,’ उनी सम्झन्छन्।

सिंगापुरबाट फर्किएको करिब ३ महिनापछि मेजर जेएस किनले अभ्यासकै क्रममा उनलाई भनेछन्, ‘नेपालले ओलम्पिकमा भाग लिँदै छ। तिमीहरू खेल्न जानुपर्छ।’

त्यतिबेला नामसिंहलाई ओलम्पिक भनेको थाहा थिएन। सोचेछन्, यहीँ खेलिरहेको जस्तै त होला नि। तर, गोराले ट्रेनिङमा यति पेलायो, अन्त्यमा आन्तरिक प्रतिस्पर्धापछि नामसिंहसहित ४ बक्सर टोकियो ओलम्पिकका लागि छनोट भए। त्यतिबेला प्रशिक्षक टिंगल नामसिंहको मेहनतबाट निकै प्रभावित थिए। भन्थे, ‘तेरो राम्रो सम्भावना छ।’

नामसिंहसहित ४ नेपाली बक्सर हङकङबाट ओलम्पिक खेल्न टोकियो उडेको घटना कम रोचक छैन। त्यतिबेला उनीहरू आफ्नै ‘रोयल एयर फोर्स’ कार्गो हर्कुलसमा सामानझैँ खाँदिएर जापान लागेका थिए। जापान जाने क्रममा कार्गो प्लेन तेल हाल्न भियतनामको साइकोनस्थित ओकिनावा एयरवेसमा ६ घन्टा रोकिएको थियो। त्यति बेला उनीहरू आर्मीकै पहिरनमा थिए। यी ४ बक्सरसँगै ओलम्पिकमा भाग लिएका मेजर जेएस किन, सर्जेन्ट बुर्गेस र डब्लुई टिंगेल भने छुट्टै एयरलाइन्स पक्रेर जापान पुगेका थिए मेजर किन बक्सिङ टोलीका व्यवस्थापक, बुर्गेस ट्रेनर र टिंगेल प्रशिक्षकका रूपमा टोकियो ओलम्पिकमा सहभागी थिए।

‘ओकिनावा एयरबेसमा आएपछि कपडा फेरेर जापान लाग्यौं,’ उनी भन्छन्। नेपाली बक्सरलाई ओलम्पिक खेल्न हङकङमै ब्लेजर र कपडा पठाइएको थियो। त्यहीँ उनीहरूको नाप अनुसारको पोसाक सिलाउने काम भयो। नामसिंहले नेपालबाट ओलम्पिकमा दौडिन गएका म्याराथन धावक गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवाललाई पहिलोपल्ट ओलम्पिक भिलेजमा देखेका थिए।

नामसिंहले पहिलो खेल नै बाई पाए। तर, अन्तिम १६ को भिडन्तमा उनी अमेरिकी बक्सर रोबर्ट जोन कार्मोडीसँग आरएसीका आधारमा पराजित भए। कार्मोडी अमेरिकाका चर्चित बक्सर जोए फ्रेजरका निकट साथी हुन्। उनले टोकियो ओलम्पिकको फ्लाइवेटतर्फ कास्य जितेका थिए। पछि भियतनाम युद्धमा साइगोनमा उनको हत्या भयो।

‘त्यो दिन मेरो दुर्भाग्य। पहिलो बाउटमा उनलाई रिङमा चेपेको थिएँ तर राम्रो छल्ने रहेछ। पूरै थकायो मोराले। दोस्रो बाउटमा मलाई लडायो,’ उनी सम्झन्छन्।

टोकियो ओलम्पिकमा सबैभन्दा राम्रो प्रदर्शन ओमप्रसाद पुनको भयो। उनले लाइटवेल्ट र वेटमा इथियोपियाका गुइब्रे जियोग्रिसलाई पहिलो स्पर्धामा हराएका थिए। दुर्भाग्य! दोस्रो स्पर्धामा उनी ट्युनिसियाका गाहिल्हयासँग पराजित भए। नेपालले आफ्नो पहिलो ओलम्पिक सहभागितामा कुन बक्सरले पदक जित्न सकेन। तर, आफ्ना खेलाडीको प्रदर्शनबाट प्रशिक्षक टिंगल भने खुसी देखिन्थे।

खेल हारे पनि नेपालबाट गएका पदाधिकारीले त्यति बेला उनीहरूलई दुःखी नहुन आग्रह गरेका थिए। र, भनेका थिए, ‘अर्को ओलम्पिकका लागि ट्रेनिङ गर्नू।’ तर, नेपालले अर्को ओलम्पिकमा भाग लिएन।

टोकियो ओलम्पिकमा सहभागी भएपछि नामसिंह नेपाल फर्किए। १० वर्ष लामो अन्तरालपछि स्याङ्जामा आमालाई भेट्दा उनको आँसु नै थामिएन। घ्वाँघ्वाँ रोएछन्। ७१ वर्षीय नामसिंह अहिले हङकङ बस्छन्।

केही समयअघि नेपाल आउँदा भेटिएका नामसिंह भन्दै थिए, ‘टोकियो ओलम्पिकमा हाम्रो टिमको व्यवस्थापक किनलाई भेट्न म ५ वर्षअघि स्विट्जरल्यान्ड गएको थिएँ। बूढा बिरामी थिए। मलाई देखेर दंग परे।’

नेपाललाइभबाट

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

लगातार ६ दिन देखि नेपालकै टप

5 घण्टा अगाडि

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु

5 घण्टा अगाडि

माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई

4 घण्टा अगाडि

अमेरिकी सरकारले राजदुत डा खतिवडालाई पाटनबाट

4 घण्टा अगाडि

कवि तथा गीतकार डी पी दाहाल

4 घण्टा अगाडि

गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

4 घण्टा अगाडि

आमा कहाँ खोजुँ ?

4 घण्टा अगाडि

कोरियोग्राफर अनिलाई बेष्ट इभेन्ट कोरियोग्राफर अवार्ड

4 घण्टा अगाडि

लगातार ६ दिन देखि नेपालकै टप

5 घण्टा अगाडि

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु

5 घण्टा अगाडि

माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई

4 घण्टा अगाडि

अमेरिकी सरकारले राजदुत डा खतिवडालाई पाटनबाट

4 घण्टा अगाडि

कवि तथा गीतकार डी पी दाहाल

4 घण्टा अगाडि

गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

4 घण्टा अगाडि

आमा कहाँ खोजुँ ?

4 घण्टा अगाडि

कोरियोग्राफर अनिलाई बेष्ट इभेन्ट कोरियोग्राफर अवार्ड

4 घण्टा अगाडि

लगातार ६ दिन देखि नेपालकै टप

5 घण्टा अगाडि

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु

5 घण्टा अगाडि

माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई

4 घण्टा अगाडि

अमेरिकी सरकारले राजदुत डा खतिवडालाई पाटनबाट

4 घण्टा अगाडि

कवि तथा गीतकार डी पी दाहाल

4 घण्टा अगाडि

गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

4 घण्टा अगाडि

आमा कहाँ खोजुँ ?

4 घण्टा अगाडि

कोरियोग्राफर अनिलाई बेष्ट इभेन्ट कोरियोग्राफर अवार्ड

4 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)138K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)94K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)69K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • न्यायको लागि लड्ने साहसी युवती सदिक्षा बास्तोला

  • #कहिलेकाँही एक घण्टा मात्र बिद्वानहरूको गफ सुन्दा पनि दिमागमा थुप्रै...

  • प्रेम दिवस, साहित्य र देशभक्ति भावना : रामकुमार श्रेष्ठ

  • यदि तपाईसँग प्रेम छ भने सम्झनुहोस तपाई संग सबथोक छ्।

  • प्रखर लेखिका / समाज सेवी / सामाजिक अभियन्ता ज्वाला संग्रौलाले...

  • “जुलुस तथा भाषण प्रदुषण” ले मनोबैज्ञानिक तथा शारीरिक नराम्रो असर...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT