दर्शकहरुको ब्यग्र प्रतिक्षाका वावजूद “सान्नानीलाई भेट्न आउँदा………….” सार्वजनिक (भिडियो सहित )

फाल्गुण २५ गते शुक्रबार ,२०७४,काठमाण्डौं – छायांकन देखिनै अत्यन्त चर्चाको शिखरमा रहेको निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र ‘भैरे’को उत्कृष्ट लोकभाकामा आधारित अत्यन्त मन छुने ‘सान्नानीलाई भेट्न आउँदा’बोलको गीत सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको चलचित्र ‘भैरे’को उक्त अफिसियल गीत दर्शकहरूको व्यग्र प्रतीक्षाका वावजूद राजधानीमा शुक्रवार आयोजित एक विशेष समारोहका बिच सार्वजनिक गरिएको हो । स्थानिय लोक भाका एवं ग्रामिण नेपाली परिवेशलाई समेटेर तयार पारिएको अत्यन्त रोमान्टिक लोक दोहोरी गीतमा चर्चित नायक बिक्रान्त बस्नेत,बुद्धि तामाङ (हैट) र वर्षा शिवाकोटीले खुलेर रोमान्स गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा बर्सौदेखि नेपाली लोक भाकाका गीतहरू समावेश गरिनु फेसनजस्तै भएको छ तथापि नेपाली समाजमा व्याप्त लोक भाका र ओरिजिनल शब्द संयोजन गरी बनाइएका लोक गीतहरू भने विरलै भेटिन्छन् । अधिकांश गीतहरूमा पुरानै शैलीको रिमिक्स पाइने हुँदा दर्शकहरूले नयाँ टेस्टको अनुभूति गर्न पाएका छैनन् । निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गर्नुभएको छ । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् ।

चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको चलचित्र ‘भैरे’ को गीतमा शब्द र संगीत,बसन्त सापकोटा, स्वर,यम बराल / बसन्त सापकोटा / मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडीयो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् ।

यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ । – दस्तावेज