८ बर्षीय बालिका बलत्कार गर्ने सुनिल शाह तुराहा पक्राउ,लाइभमै आयो अर्को बलत्कारको सुचना ।

१२ बर्षिया बालिकाको बलात्कार काण्डले रविलाई यसरी भाबुक भए र भने ” यौनपिपासु समाजको एक सदस्य भएकोमा लज्जाबोध भएको छु”

आज अन्तराष्ट्रिय नारी दिवस । संसारका विभिन्न देशमा शक्तिशाली र महत्वपुर्ण स्थान ओगटेर नारीहरु अघि बढ्दै छन् । तथ्याङले देखाएको छ कि महिलाहरुले चलाएको प्रशासनमा भष्ट्राचार निकै कम हुने गरेको छ । अधिकांश संघ सस्थाहरुमा महिलाहरुले महत्वपुर्ण पद ग्रहण गर्दा तुलानात्मक रुपमा ती संस्थाहरु सफल भएका छन् । महिलाहरुले लीड गरेका देशहरुको संख्या बढ्ने क्रममा छ । बेलायतकी प्रधानमन्त्री महिला, नर्वे, न्युजल्याण्ड, आइसल्याण्डमा प्रधानमन्त्री, महिला । जर्मन चान्सलर महिला, पेरु, सर्विया, वंगलादेश, रोमनिया, नामबियामा प्रधानमन्त्री महिला छन् ।

देश हाक्न सक्ने यी शक्तिशाली र गौरवशाली महिला प्रधानमन्त्रीहरु मात्र होइन, राष्ट्रपतिका रुपमा पनि महिलाहरु अघि छन् । लिथुवानीया, इस्टोनिया, क्रोएसिया, माल्टा, चिली मात्र होइन हाम्रै देश नेपालमा पनि महिला राष्ट्रपति छन् । प्रधानमन्त्री, राष्ट्रपति मात्र होइन मुलुकका उच्च पदमा रहेका महिलाहरुले पुरुषवादी समाजलाई एकात्मकताबाट बाहिर निकाल्न जसरी विश्वव्यापी सन्देश दिइरहेका छन् त्यसले परिर्वतनको एक दरिलो शंखनाथ गरिरहेका छ ।

संसार हाक्ने यि शक्तिशाली नारीहरुको उदाहरण दिइरहँदा, गोडामा एक जोर चप्पल नदेखी मर्ने महिलाको स्मरण गरांै, छाउगोठमा शर्पले डसेर मर्न विवश दिदीबहिनीको कुरा गरौ, आफ्नै दाजुभाई र बाबुको हातबाट वेचिएका चेलीको कुरा गरांै । एक दिन मनाइने नारी दिवसले विश्वभरी पिडा, अपहेलना, बलत्कार, विभेदमा परेका नारीहरुको पक्षमा केनै वकालत गर्न भ्याउला र तर नारी अधिकारका लागि खुलेका विविध संघसंस्थाहरुको होडबाजी अचेल विदेशी फण्ड र विदेशी अर्वाडमा लोभिएको भान हुँदैछ ।

सेवा गर्ने हातले अर्वाड नउचाले पनि फरक पर्दैन । किन हो किन देखाउन गरिएको सेवा र गर्न गरिएको सेवा ठ्याक्कै छुटीने रहेछ, तेलमा मिसिएको पानी छुट्टीएझंै । सेवा गर्ने मनको बारेमा एउटै कुरा भन्न चाहन्छु । जो संग स्वच्छ सेवा भाव छ उसले जति लुकाएपनि देखिन्छ, जो सँग छैन उसले जति देखाओस, मरेकाटे देखिन्न ।

८ बर्षीया बालिकाको बलात्कार, गुप्तांगमा १२ टाका लगाउनु प¥यो

पर्सा जिल्लाको पटेर्वा सुगौली कि ८ बर्षिया एक बालिका बलात्कारको सिकार भएकी छन् । एक गरिब परिवारमा जन्मिएकी उन्लाई फागुन १६ गते गाउँकै सुनील कुमार सहानीले बलात्कार गरी बेहोस् अवस्थामा फालिदिएका थिए । उनलाई यस्तो अवस्थामा फेला पारेपछि स्थानियहरुले नारायणी उपक्षेत्रिय अस्पताल पु¥याएका थिए । उनलाइ थप उपचारको लागि १९ गते काठमान्डौको ग्रिन सिटि अस्पताल ल्याएको छ । ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार गर्दै गरेकी ८ बर्षिया बालिकाको गुप्तांग मा १२ टाका लगाइएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार भैरहेको यी उनको अगाडी लोग्ने मानिस गयो कि झस्किछिन् ।

सामुहिक बलात्कारको शिकार बनेकी उनि पिडाले विछिप्त छिन् । ८ बर्षीय बालिकाको बलत्कार गर्नेहरुले उनका बाबुलाई पैसाको प्रलोभन देखाइ गुपचुप पार्नसमेत खोजेको भन्दै उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उनका बाबुको माग छ । पिडित बालिकाको बिरगञ्जमा उनका बाबुले नै खर्च गरेर उपचार गरिरहेका थिए गाउँपलिकाले बालिकालाइ न्याय दिलाउन र सामाजिक पुनस्थापना र उपचार को लागि गैरसरकारी संस्था रक्षा नेपाल लाइ पत्राचार गरेपछि रक्षा नेपालले उनको उद्दार गरेर काठमाडौं ल्याएको हो ।

८ बर्षीय बालिका बलत्कार गर्ने सुनिल शाह तुराहा पक्राउ,लाइभमै आयो अर्को बलत्कारको सुचना ।