हरिबंश आचार्य भन्छन्ः गोरुलार्इ जस्तो हामीलाई बाँध्न गाह्रो छैन (भिडियो सहित)

नेपाली चलचित्र शत्रु गते यहि चैत्र ९ गते प्रदर्शनमा आउँदैछ । प्रदर्शन अगाडी नै चलचित्र विभिन्न कारणले चर्चामा आएको छ ।

प्रदर्शनको पूर्व सन्ध्यामा शत्रु गते टिम अहिले हेटौडा, नारायणघाट, बुटवल, पोरखा, विर्तामोड, दमक र इटहरी लगायतका ठाउँमा टुरमा छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । मह संचारको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता किरण केसी हुन् ।

चलचित्र शत्रु गतेका बारेमा चलचित्रका मुख्य कलाकार हरिबंश आचार्यसँग केन्द्रबिन्दु टिभीका लागि अदिती पौडेलले गरेको कुराकानी