बिश्व कीर्तिमानी कराते खेलाडी ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको किर्तिमान लाई आफैले तोड्दै छोटो समय भित्र पुन: दोश्रो पटक गिनिज वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका छन् ।

उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी ) मा बिश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायो को टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड (६४.६३ केजी )को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर बिश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिख मा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आज सम्म कसैले बिश्व मै गर्न सकेका छैनन् । सानो गल्ति भयो भने घाती र ढाड अनि कम्मर शत प्रतिसत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । ठकुरीले यस विधाको आफैले निर्माण गरेर नेपाल र अमेरिका दुबैको नाम उज्ज्वल ठकुरीले बिश्वमा कोरि दिएका छन् ।

ठकुरीले पाँच विधाको निर्माण गर्नु को साथ साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् । (फांग काता ) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग(किर्तिमान) जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसै गरि फ़ाङ्ग हेवी वेट(गर्हौ वजन ) उचालेर (गोडा फाडेर अधिक भार बोकेर ) यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नया किर्तिमान पनि गरेका छन् ।

अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।