यसरी गरे केपी ओलीले टुडिखेलमा पाकिस्तानी प्रधानमन्त्रीलाई भब्य स्वागत (भिडियोमा हेर्नुहोस)

२० फागुन, काठमाडौं ।   सरकारले सैनिक मञ्च टुँडिखेलमा पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा‘गार्ड अफ अनर’ दिएको छ ।

सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् ।

यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरु गरेको हो ।

<strong>हेर्नुहोस भिडियो मा यसरी भयो स्वागत </strong>