Thursday, Mar 04 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बिहिबार, २० फाल्गुण २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

किन मनाइन्छ होली ? जान्नै पर्ने भिडियो सहित

ScotNepal March 2, 2018
0 Shares
Share
Tweet
WhatsApp
Vibe


सनातन हिन्दू संस्कृतिमा रङ्गीन पर्व होलीको आफ्नै धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागु पूर्णिमा एउटा प्राचीन उत्सव हो । उत्तरी भारतको अधिकांश क्षेत्र तथा नेपालको मधेशमा होली पर्व सबैभन्दा ठूलो र विशिष्ट चाडका रुपमा मनाउने गरिन्छ । हामी र हाम्रा यावत् चाडपर्व र उत्सव कृषि जीवनमा आधारित छ । समयचक्रमा ऋतुपरिवर्तनका साथमा हाम्रा मानसिक उतारचढाव र कामधन्दाको चपेटालाई दृष्टिगत गरी हाम्रा कतिपय व्रतउत्सव र चाडपर्वको आयोजना हुने गर्दछ । यसै क्रममा उराठलाग्दो चिसो मौसमलाई विदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो पर्व फागु उत्सव हो र यसको उत्कर्षको दिन नै फागुपूर्णिमा हो । प्रत्येक वर्षको फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथिलाई फागु पूर्णिमा, होली, चीरदाह, फगुवा आदि नामले चिनिन्छ । सबै जाति, सबै धर्म र सम्पूर्ण संस्कृतिप्रेमीको यो सिङ्गो चाड नेपाल, भारतलगायत सनातन हिन्दू धर्मावलम्बीहरू बसोबास गर्ने विभिन्न क्षेत्रमा अत्यधिक उत्साह उमङ्ग र हर्षोल्लासका साथमा मनाइन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक आदि सबै दृष्टिकोणबाट फागू पूर्णिमाको विशिष्ट महत्त्व देखिन्छ ।

पौराणिक महत्त्व

होली पर्वसँग जोडिएका विभिन्न कथा र आख्यान विभिन्न पुराण, किम्वदन्ती र दन्त्यकथामा रहेको देखिन्छ । तीमध्ये बहुप्रचलित कथा हो – प्रह्लादभक्ति कथा । प्रायशः सबै पुराणमा यस कथाको वर्णन छ । राक्षसहरूका राजा हिरण्यकाशिपुको जन्म ऋषि कश्यप र दक्षपुत्री दितिको कोखबाट भएको थियो । ऊ आफ्नो भाइ हिरण्याक्षको बध विष्णुले गरेको हुँदा विष्णु र वैष्णवजनको विरोधी थियो । उसका चार भाइ छोरा थिए – ह्राद, अनुह्राद, संह्राद, प्रह्लाद । ती मध्ये प्रह्लाद विष्णुभक्त थिए । आफ्नो शत्रुको भक्ति गरेको भन्दै हिरण्यकशिपुले सुरुमा ललाइफकाई, अनुशासनमा राखी अनेक प्रयत्न गरी प्रह्लादलाई विष्णुभक्तिबाट विमुख गराउने प्रयास गर्यो । तर प्रह्लादमा रहेको आध्यात्मिक भावना मेटिएन । त्यसपछि उसले शत्रुको उपासना गर्ने आफ्नो छोरालाई नै मार्ने विचार गर्यो । विष खुवायो, हात्तीले कुल्चायो, पर्वतबाट खसाल्यो, सर्पले टोकायो, तैपनि प्रह्लाद मरेनन् । केही उपाय नलागेपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकाको सहायता लिई प्रह्लादलाई डँढेलोमा पोलेर मार्ने योजना बनायो । होलिकाले ब्रह्माबाट आगोमा नडढ्ने वरदान पाएकी थिई । होलिका प्रह्लादलाई काखमा लिई ठूलो दावानल (डँढेलो) भित्र पसी, तर अभिमानी, अहङ्कारीलाई वरदानको सत्यताले काम दिन सकेन, भक्त प्रह्लादलाई अग्निले जलाएन तर पापिनी होलिकालाई अग्निले जलाएर भष्म पारिदियो । हिरण्यकशिपुलाई पनि पछि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । हिरण्यकशिपुकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसीले ठूलो उत्सव गरियो, अविर जात्रा भयो, त्यही नै होली पर्वको सुरुवातको कारण बन्नपुग्यो । सत्यका पक्षपोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतीक होलिका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर र अवीर दलेर, दूवो, फूल छर्किएर महोत्सव मनाइयो ।

त्रेता युगमा पनि होली पर्वको महत्व दर्शाउने अर्को आख्यान भेटिन्छ । रघु राजाको पालामा ढुण्डा नामकी राक्षसनी थिई । त्यस दुष्टले नवजात बालकहरूलाई मार्दथी । राक्षसनीको यस्तो चाला देखेर पीडित प्रजाहरूको वेदनालाई शमन गर्न राजा रघुले नारद ऋषिसँग उपाय सोधे । राजाले ऋषिबाट फागुन शुक्ल पूर्णिमाका दिन सबै केटाकेटी मिलेर हाहाहुहु र नाचगान गर्दै दोबाटो/चौबाटोमा आगो बालेमा उक्त राक्षसनीको शक्ति नाश हुन्छ भन्ने थाहा पाए । ऋषिको आज्ञाअनुसार त्यसो गर्दा ढुण्डाको नाश भएको र त्यही खुसियालीमा यो पर्व मनाउने प्रचलन सुरु भएको भन्ने पनि मानिन्छ ।

द्वापर युगमा अत्याचारी कंसकी सहयोगी पुतनाको बधसँग पनि यो उत्सवलाई जोड्ने गरिन्छ । कालनेमि कंसको अत्याचारबाट आक्रान्त बन्न पुगेकी पृथ्वीदेवी गाईको रूप लिएर क्षीरसागरमा पुगीन् र भगवान् विष्णुको स्तुति गरिन् । पृथ्वीको आर्तनाद सुनी विष्णुले पृथ्वीको भार हरण गर्ने आश्वासन दिए र कंसकी बहिनी देवकीको गर्भबाट जन्म लिएर पृथ्वीतलमा अवतार लिने बताए । कंसका मित्र वसुदेवको विवाह कंसका पिता उग्रसेनको भाइ देवककी छोरी देवकीका साथमा भएको थियो । उग्रसेनको छोरो कंसले काकाकी छोरी देवकीको वरियात अन्माउँदा दुलहादुलहीको रथ आफैं हाँकेको थियो । त्यसै बेलामा आकाशवाणी भयो, –‘हे कंस, तँ आज जसको रथ हाँकेर खुसी भइरहेको छस्, त्यसैको आठौं गर्भद्वारा तेरो मृत्यु हुनेछ ।’ यस्तो आकाशवाणी सुनेर कंस चिन्तित भयो र जसको गर्भबाट जन्मने सन्तान आफ्नो शत्रु हुन्छ, त्यही बहिनीलाई मारिदिएमा टण्टै साफ भन्ने उद्देश्यले देवकीलाई मार्न खड्ग उचाल्यो । कंसको त्यस्तो चाल देखेर वसुदेवले दुई हात जोरी ‘विवाहको दिनमा स्त्रीहत्या गरी पापको भागी नबन, त्यसमाथि देवकी त तिम्री बहिनी पनि हुन् । बरु यसले जन्माएका सबै बच्चा जन्मनासाथ तिमीलाई सुम्पने छु’ भनेर नवविवाहिता पत्नीको प्राणयाचना गरे । त्यसपछि वसुदेवले वाचा गरेबमोजिम देवकीको गर्भबाट जन्मेका ६ वटा वच्चाहरू कंसलाई सुम्पिए । ती सबै बच्चालाई कंसले ढुङ्गामा पछार्दै मार्यो । सातौं गर्भ देवकीको गर्भबाट रोहिणीको गर्भमा सारियो । देवकीको आठौं गर्भबाट कृष्णका रूपमा भगवान् नारायणले अवतार लिए । मथुरामा रहेको कंसको कालकोठरी जेलमा जन्मिएका कृष्णलाई वसुदेवले मध्यरातमा गोकुल पुर्याए र नन्द र यशोदाकी छोरीका रूपमा अवतीर्ण भएकी नवदुर्गा भगवतीलाई लिएर फर्किए । भगवान् विष्णुले मायाको सिर्जना गरी पाले, पहरेदार र नागरिकको चेतना ढाकिदिएकाले एवं रात्रीकालको घटना भएकाले वसुदेवले पुत्र कृष्णलाई मथुराको जेलबाट गोकुल पुर्याएको रहस्य कसैलाई थाहा भएन । वसुदेव गोकुलबाट फर्किएपछि मात्र पाले ब्युँझिए । कंसलाई देवकीको आठौं शिशुका रूपमा कन्या जन्मिएको सूचना दिइयो । कंस अत्तालिंदै कारागृहमा आयो र ती कन्यालाई खुट्टामा समाती आकाशमा घुमाउँदै ढुङ्गामा पछार्ने चेष्टा गर्यो । ती कन्या योगमाया भगवती थिईन्, कंसले पछार्नासाथ ती आकाशमा पुगिन् र आफ्नो अष्टभुजा स्वरूपको दर्शन दिंदै भनिन् – ‘रे दुष्ट तेरो शत्रु गोकुलमा जन्मिसकेको छ ।’ कंस छक्क पर्यो र आफ्ना सहयोगी र मतियार बोलाई गोकुलमा गई त्यहाँ भएको नवजात शिशु सबैलाई मारेर आउने ऊर्दी जारी गर्यो । कंसकी अर्की बहिनी पुतना थिई, त्यसको स्तनमा विषको धारा बग्दथ्यो । सबैभन्दा पहिले पुतनालाई गोकुल जान खटाइयो । भोलिपल्ट विहानै पुतना गोकुल पुगी । आफ्ना कारणले गाउँभरिका नवजात बच्चाहरूको प्राण सङ्कटमा परेको ठानी भगवान् कृष्णले जोडजोडले रुँदै पुतनालाई आफूतर्फ आकर्षित बनाए । पुतनाले कृष्णलाई तानेर काखमा राखी स्तनपान गराई । उसको स्तनमा रहेको विष भगवान् कृष्णका निम्ती अमृतसरह भयो । पुतनाको प्राणपखेरु नउडुन्जेल कृष्णले पुतनाको स्तनपान गरे र अन्त्यमा पुतनाको मृत्यु भयो । समस्त गोकुलवासी हर्षित भए अनि गोकुलमा नन्द र यशोदालगायत समस्त व्रजबासी ग्वालाहरूले अवीर, केशरी, दही, तेल, बेसार, छ्यापाछ्याप गरी धुमधामका साथ उत्सव मनाए । त्यही परम्परा आजसम्म पनि होलीका रूपमा कायम रहेको विश्वास विशेषतः भारतको वृन्दावन र व्रजक्षेत्रमा रहेको पाइन्छ ।

काठमाण्डौका नेवार समुदाय होलीको फरक किंवदन्ती छ । पौराणिक कालमा सिंह सार्थबाहु नामका व्यापारी धेरैजना साथीहरू लिएर ल्हासा पुगेका थिए । त्यहाँ उनीहरूको व्यापार राम्रै जमेको पनि थियो । तर व्यापारभन्दा पनि स्थानीय तरुनीहरूको मायाजालमा लठि्ठएर सार्थबाहुका साथीहरू घर फर्कन चाहँदैनथे । तर सार्थबाहु घर जान नपाएर नियास्रिएका । सार्थबाहुले नियमित मत्स्येन्द्रनाथको प्रार्थना गरी घर फर्कन पाऊँ भनी बिन्तीभाउ गरे । एक रात मत्स्येन्द्रनाथ प्रकट भए र ती तरुनीहरू राक्षसनी भएको बताए । त्यसैले फर्किने बेला ती तरुनीहरूलाई पछाडि फर्किएर नहेरी सरासर अघि बढ्न सुझाव दिए । पछाडि हेर्नेलाई ती राक्षसनी तरुनीहरूले खाइदिने जानकारी पनि गराए । सार्थबाहुले आफ्ना साथीहरूलाई यही कुरा बताए र घर फर्कन आग्रह गरे । घर फर्कने क्रममा भगवान् मत्स्येन्द्रनाथले दिएको आदेश उल्लङ्घन गर्ने युवाहरू राक्षसनी तरुनीको भोजन भए र मरे । तरुनीतिर नहेरी फर्किनेहरू सकुशल काठमाण्डौ घर आइपुगे । यसरी लामो समय हराएका युवाको पुनः आफ्नै घरमा आगमन भएकोमा स्वागत गर्दै समस्त गाउँवासीले अवीरजात्रा गरे । यो दिनको सम्झनामा चकद्य यात्रा तथा महोत्सव आयोजना गरी होली मनाउने गरिएको कुरा ‘नेपालका चाडपर्वहरू’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।

सामाजिक महत्त्व
फागु पूर्णिमा शिशिर ऋतुको समाप्तिको दिन हो । चान्द्रमासको गणनाबमोजिम यस पूर्णिमाको भोलीपल्टदेखि चैत्र महिना र वसन्त ऋतु प्रारम्भ हुन्छ । शिशिर ऋतुमा कठ्याङ्ग्रिएको प्राकृतिक परिवेश र मानवमनको शुष्कता समाप्त भई वसन्त ऋतुमा हुने नैसर्गिक परिवर्तनसँग यो पर्व जोडिएको पाइन्छ । वसन्त ऋतुलाई ऋतुहरूको राजा मान्ने गरिन्छ । वसन्तको रमणीय वातवरणमा शिशिर ऋतुको चिसो सिरेटो कम हुँदै जान्छ, दिन लामा हुँदै जान्छन्, चराचुरुङ्गी चीरविर-चीरविर कराएर, हिउँदभरि उजाड र नाङ्गा रहेका रुख विरुवाले पालुवा फेरेर र फूलफूल्ने विरुवाहरू ढकमक्क फूलेर वसन्तको आगमन तथा सामाजिक जनजीवनमा नै उमङ्ग र उल्लासको सङ्केत गर्दछन् र प्रकृतिका प्रत्येक क्षेत्रमा नयाँ सिर्जना र उल्लासमय वातावरणको आगमन हुन्छ । हिउँद महिनामा कृषितर्फ गहुँ, तोरी, दलहन र गेडागुडी उत्पादनको महिना हो । नेपालको तराई क्षेत्रमा यसरी नवउत्पादित गेडागुडी वरपरको पराल, झ्यासझुस र पतकर बालेर त्यसमा राखी पोलेर खाने प्रचलन पनि छ । खासगरी मैथिली संस्कृतिको उर्वर भूमि धनुषा, महोत्तरी, सिराहा, सप्तरीलगायत मिथिलाञ्चलमा होलीका दिन घर, सडक सबैतिरको फोहोर एक ठाउँमा थुपारी आगो बालिन्छ । सरसफाइको उत्सवको रुपमा पनि मनाइने यो कर्मलाई सम्मत जलाउने भनिन्छ । यसरी पोलेको गेडागुडी र अन्नलाई संस्कृतमा होलका र मैथिलीमा होराहा भन्ने गरिन्छ । विशेषतः फागु उत्सवमा गहुँ, चना, जौ आदिको आहुति दिएर डढेको खरानी प्रसाद स्वरुप लिने परम्परा पनि छ, आगोमा पोलेको अन्नादि बढी पौष्टिक हुन्छ र त्यसको सेवनबाट शरीर निरोगी र फुर्तिलो पनि बन्छ, अनि बाटाघाटामा थुपारिएका पराल, पातपतिङ्गर र फोहोर डढाउने र हटाउने कार्यले गाउँघरको वातावरण सफा भई स्वस्थकर र हीतकर बन्न पुग्छ अनि पर्व मनाउने क्रममा आपसी द्वेष, रिसराग, ईर्ष्या र कलह बिर्सिएर अवीर, रङ आदि एकआपसमा दलेर भाइचारा बढ्नाले सामाजिक वातावरणमा समेत शुद्धि हुन्छ र घरघरमा पाक्ने फुलौरा, तरुवाजस्ता परम्परागत खानपानले होलीको विशिष्टता कायम राख्दछ । त्यसैले कृषिजीवनमा यस पर्वको छुट्टै महत्त्व देखिन्छ ।

प्रक्रिया र परम्परा
होली पर्वको सुरुवात प्रत्येक वर्षको फाल्गुन महिनाको शुक्लपक्षको अष्टमी तिथिबाट सुरु हुन्छ । त्यस दिन असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने गरिन्छ । भारतको वृन्दावन र व्रजक्षेत्रमा त्यसै दिनदेखि रङ्ग छ्यापाछापको क्रम सुरु हुन्छ । काठमाण्डौ उपत्यकाको वसन्तपुरमा भने चिरोत्थान अर्थात् फाल्गुन शुक्ल अष्टमीका दिन २५ फिट अग्लो काठको लिङ्गो ठड्याई विभिन्न रङ्गीन कपडाले त्यसलाई बेरी टुप्पामा एक किसिमको झल्लरी छाताजस्तो बनाई ठड्याइन्छ र एक सातापछि होली पूर्णिमाको रात्रिकालमा त्यसलाई जलाउने गरिन्छ । यसै कार्यलाई चीरदाह भनिने र चीरको खरानीको टीका लगाउँदै फागुका अनेकौं गीत नृत्य र खास गरी व्यङ्ग्य गीत गाउँदै खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ । काठमाण्डौ उपत्यकामा चीरदहनअघि धुमधामका साथमा एकआपसमा रङ्ग दलेर होली मनाइन्छ भने तराई क्षेत्रमा होलीपूर्णिमाका दिन राती चीरदाह गरी भोलीपल्ट होली उत्सव मनाउने गरिन्छ ।

सारांशमा फागु पर्व हर्ष, उल्लास, खुसियाली अनि आमोदप्रमोदको पर्व हो । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपूर्ण रूपमा मनाइने यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा लिइन्छ । पुरानो मनोमालिन्य, शत्रुता र वैरभावलाई बिर्सेर घर-घरमा गई शुभकामना आदानप्रदान गर्दै भोजभतेर गरी हर्षोल्लासका साथमा मनाइने यो फागुपर्व काठमाडौंमा मल्लकालदेखि आरम्भ भएको कुरा इतिहासले पुष्टि गरेको छ । बडो हर्षोल्लासका साथ मनाइने फागुपर्व विजयउत्सवको नमूना हो । यसरी मनमस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यशैलीप्रति प्रेरणा दिने पर्व फागुपर्वले हाम्रा घरआँगनीमा सामाजिक एकता र सद्भाव कायम राख्न प्रेरणा देओस् भन्ने सन्देश प्रदान गर्ने गरेको प्रमाणित हुन्छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

धादीङमा जीउदै पुरेको डोजर चालकलाई कस्ले

4 घण्टा अगाडि

कुन राशिका लागि कति शुभ छ

4 घण्टा अगाडि

झा’क्री छुटेपछी गुरु बनझा’क्रीले गरे अचम्मको

4 घण्टा अगाडि

मम्मीले बुहारी खोज भन्दै छन् कहाँ

3 घण्टा अगाडि

फेला पर्यो जे माग्यो तेहि पूरा

3 घण्टा अगाडि

ॐ मात्र उच्चारण गर्नु भयो भने

3 घण्टा अगाडि

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल

3 घण्टा अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय

2 घण्टा अगाडि

धादीङमा जीउदै पुरेको डोजर चालकलाई कस्ले

4 घण्टा अगाडि

कुन राशिका लागि कति शुभ छ

4 घण्टा अगाडि

झा’क्री छुटेपछी गुरु बनझा’क्रीले गरे अचम्मको

4 घण्टा अगाडि

मम्मीले बुहारी खोज भन्दै छन् कहाँ

3 घण्टा अगाडि

फेला पर्यो जे माग्यो तेहि पूरा

3 घण्टा अगाडि

ॐ मात्र उच्चारण गर्नु भयो भने

3 घण्टा अगाडि

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल

3 घण्टा अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय

2 घण्टा अगाडि

धादीङमा जीउदै पुरेको डोजर चालकलाई कस्ले

4 घण्टा अगाडि

कुन राशिका लागि कति शुभ छ

4 घण्टा अगाडि

झा’क्री छुटेपछी गुरु बनझा’क्रीले गरे अचम्मको

4 घण्टा अगाडि

मम्मीले बुहारी खोज भन्दै छन् कहाँ

3 घण्टा अगाडि

फेला पर्यो जे माग्यो तेहि पूरा

3 घण्टा अगाडि

ॐ मात्र उच्चारण गर्नु भयो भने

3 घण्टा अगाडि

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल

3 घण्टा अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय

2 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)138K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)94K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)69K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर यसरी निस्किन्छ...

  • ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ...

  • साहित्यकार अमरको छायाँ एल्बम सार्वजनिक

  • अर्को चुनावमा दुई तिहाइ ल्याउँछु अहिले मलाई हटाए पनि :...

  • प्रेस बिज्ञाप्ती – बहिर्गमित जनमुक्ती सेना नेपाल

  • न्यायको लागि लड्ने साहसी युवती सदिक्षा बास्तोला

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT