देशुको गीतमा अनु र जीवनको खतरा रोमान्स (भिडियो)

काठमाडौं । प्रवासमा रहेर नेपाली संगीतमा लाग्ने संगीतकर्मीको भिड पछिल्लो समय बढ्दै छ । यसकै सुचीमा पर्छिन्– गायिका देशु गोले । बेलायतमा बस्दै आएकी उनले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
‘तिमीसँग बोल्दैमा’ बोलको लभ सङमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियामा अभिनेत्री अनु शाह र मोडल जीवन भट्टराई फिचरिङ छन् । भिडियामा उनीहरुको लभ क्यामेस्ट्री देख्न सकिन्छ ।

पासाङ योञ्जन लामाले निर्देशन गरेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविण श्रेष्ठले गरेका छन् । देशुले तीन महिनाअघिमात्रै ‘यो दिलको राजा’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । ‘दिलको राजालाई जस्तै यो गीतलाई पनि दर्शकले रुचाइदिनुहुनेछ भन्ने अपेक्षा छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ । ’ (रंगिनखबरको सहयोगमा)