बिस वर्षे लामो सांगीतिक यात्रामा बाबु बोगटीले गाए पहिलो पटक होलीको गित (भिडियो सहित)

तुलसी आगनमा रोपौला, सान नानी तिमीलाई लगायतका थुप्रै बहुचर्तित गितहरु गाएर दर्शक श्रोताको मनमा बस्न सफल चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो जिवनमै पहिलो पटक होलाीको गित गाएका छन् । जुन गित उनलको आफ्नै अफिसियल यु–ट्युव च्यानल द्यब्द्यग् द्यइन्ब्त्क्ष् मार्फत सार्वजानिक गरेका छन् । उसोत केही समय यता देखी उनले नयाँ तथा मिडियामा नआएका पुराना गितहरुको लिरिकल भिडियो बनाएर सार्व जानिक गर्दै आएका छन् र जुन भिडियोहरु धेरै मन पराइएको पनि छ । साथमा यो होलीको गित पनि धेरै दर्शक श्रोताले मन पराएका छन् । रंगहरुको पर्व होलीको लागि रमाइलो तथा नाच्ने पारामा बनाइएको यो गितमा संगित र आवाज गायक बाबु बोगटीको रहेको छ भने शब्द बविन्द्र नेम्वांगको रहेको छ भने गितलाई एरेन्ज मोहित मुनालले गरेका छन् भने लिरिकल भिडियो राजेश शाहले बनाएका छन् ।