मायालु थियौ पहिलै नयाँ साइनाे फेरि बनाउछु पन्चे बाजा गित भिडियो

लाेक सांगीतिक क्षेत्र दिन प्रतिदिन निकै अाकर्षक बन्दै गइरहेको छ । झांगिदै गइरहेकाे लाेक दाेहाेरी क्षेत्रमा प्रवेश गर्ने नव कलाकारहरू वर्खे भेल झै अाइरहेका छन ।नव कलाकार हरू मध्ये काेहि केहि समय उदाएर अस्ताउछन त केही भने जिबन्त बनिरहेका हुन्छन् । यस्तै मध्येका निकै राम्रो सम्भावना बाेकेर सांगीतिक क्षेत्रमा प्रवेस गरेका लाेकदाेहरी गायक हुन विक्रमबाबू विश्वकर्मा भने उनले सिउदाे भरेको उनकै नयाँ गितकाे प्रसंगमा हाे ।
२०५३ सालमा गुल्मी जिल्लाकाे मदाने गाउँपालिका १ अग्लुङ्ग जन्मिएका विश्वकर्मा सानै उमेर देखिका लाेक प्रेमि हुन । २०७१ सालकाे चैतमा अन्तर अात्मा बाेलकाे गितबाट अाैपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका विश्वकर्माकाे पहिलाे गितनै दर्शक श्राेताले अत्याधिक रूचाइदिन सफल भए । जसमा शब्द अनि स्वर उनकै र लय शिशिर भुसालकाे रहेको थियोे ।अन्तर अात्माकाे अपार सफलता पछि विक्रमबाबुले दिलकाे ढाेका ताेडेर, तिज गीत सानुले पिरति दिए, पराइकाे नासाे, पञ्चेबाजा पराईकाे सिन्दुर जस्ता अाधा दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन । पछिल्लो समयका मेला महाेत्सबका विभिन्न सांस्कृतिक कार्यक्रममा निकै रूचाइएका गायक मध्येमा विक्रमबाबू पनि पर्ने गर्दछन । यिनका फुल्याे लाकुरी, अाशुकाे विजेता, अमर पृति जस्ता गीतहरू केही समय पछि बजारमा अाउने तयारिमा छन ।
उनले भर्खरै मात्र निकै अासा लाग्दाे पञ्चेबाजाकाे गीत नयाँ साइनाे बजारमा ल्याएका छन ।
मायालु थियौ पहिलै नयाँ साइनाे फेरि बनाउछु
सिन्दुर दिन्छु सिरैमा मंगलसुत्र गलामा
अनि जुनि जुनि सम्म मेरी बनाउछु….
बाेलकाे गितमा विक्रमबाबु विश्वकर्माकाे शब्द लय र विक्रबाबु र गिता केसीकाे अावाजमा सजिएकाे छ । गायक भन्छन गीतमा सबै टिमले मेहनत गरेकाेले दर्शक स्राेताले पनि अबश्य मन पराइदिने विश्वास लिएको छु । चर्चित माेडलहरू गिता, राजु, रामचन्द्र र निशाकाे अभिनय रहेकाे गितकाे भिडियो पनि निकै अाकर्षक बनेको छ ।
विन्धवासिनि म्युजिक मार्फत बजारमा अाएकाे गितकाे छायांकन हरिष महरा, निर्देशन एकिन्द्र सारा शंकर र सम्पादन अमर शाक्यकाे रहेको छ। गितकाे भिडियो हेर्नका लागि तलकाे link मा जानुहाेला ।