निरजको असारे झरीमा कृष्ण र हेमंताको रोमान्स (भिडियो सहित)

सुसम न्यौपाने , सिड्नी अस्ट्रेलिया

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका गायक निरज खरेलको असारे झरी बोलको गीत बुढा सुब्बा डिजिटलको यूटुब च्यानल मार्फत रिलिज गरिएको छ । थंडरस्टोर्म रेकॉर्डस द्वारा प्रस्तुत गरिएको उक्त गीतमा कृष्ण मल्ल र हेमंता आचार्यले अभिनय गरेका छन् भने छायांकन र निर्देसनको जिम्मा सिड्नीमा धेरै वर्ष देखि नेपाली संगीतको उत्थानमा लागि परेका कलाकार किरण भण्डारीले सम्हालेका छन् ।

गीतमा सब्द, संगीत, र गायन स्वयम् निरज खरेलकै रहेको छ भने संगीत संयोजन नेपालका बरिष्ठ गितार बाधक संजिव बराइलीले गरेका छन् । धेरै भो धेरै भो जस्तो गीत गाएर चर्चा कमाएका गायक निरज खरेलको उक्त गीतको ध्वोनि मिश्रण नेपालकै ड्रिम्स रेकर्डिंग स्टुडियोका प्रकाश केसिले गरेका हुन् ।