दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक

रोशन पोखरेल, काठमान्डौँ, फागुन ६

विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गितकार दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” राजधानिमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । “आफ्नै छायाँले”गितमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीती संग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्ण ढकाल , मिलन अमात्य , अजर जंगम , प्रमोद खरेल ,युवराज चौलागाईं र मेलिना राई को स्वर रहेको छ भने सुमन क्षेत्री ,फडिन्द्र राई, लहाङ सुब्बा र साहस शाक्य को संगीत सम्योजन रहेको छ । यस गीती संग्रहको रेकर्डिङ ए वान म्यूजिसीयनमा साजन साह ले गर्नुभएको हो । साथै मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन ।सुजन शाहिको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनय रहेको छ ।

हेनुहोस भिडियो ।