‘फेशनवाली श्रीमती’ बाट एकाएक चर्चामा आएका गायक अमिर सुवेदीले ल्याए अन्तर्घात [ भिडियोसहित ]

काठमाडौँ – नेपाली गीत सङ्गीतको विभिन्न विधाहरु मध्ये त्यसमा पनि लोक गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक हुन् अमिर सुवेदी । लामो समयदेखि यस गीत सङ्गीतको क्षेत्रमा अनवरत रुपमा लागि परेका सुवेदीको विभिन्न गीत सङ्गीत बजारमा आइ सकेका छन् ।

बर्बर आँशु, फेशनवाली श्रीमती, मुटुको ढुकढुकी, तिम्रै चिन्ता भो, तिम्रै दिलमा फुल्न सकिन जस्ता चर्चित गीत बजारमा आइसकेर पनि चर्चा कमाएका गीतहरु हुन् ।

मिठो स्वरका धनी गायक सुवेदी अभिनय तथा शब्द सृजना तथा लयमा पनि पोख्त रहेका छन् । उनले बजारमा ल्याएका कतिपय गीतहरु चर्चाको शिखरमा समेत पुगेका छन् । उनका गीतमा माया, प्रेम विछाड जस्ता विभिन्न विषय समेटिएका हुन्छन् । विछोड मिलन आदिको हरेक पक्षलाई गीतमा उतार्नु उनको विशेषता समेत रहेको छ ।

उनै गायक अमिर सुबेदी र सलिना सुनारको स्वरमा नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । अन्तरघात बोलको यस लोक दोहोरी गीतमा शब्द तथा लय स्वयम अमिर सुबेदीको रहेको छ ।

गीतको भिडियोमा अमिर सुबेदी, कृष्ण प्रसाद पहाडी र गीता श्रेष्ठको अभिनय रहेको छ । गीतलाई शिशिर श्रेष्ठले निर्देशन मुकेश हुमागाईले छायाँकन र अमृत चापागाईले सम्पादन गरेका हुन् ।

भिडियो