के हुदैं छ बालुवाटार बैठकमा ? होला त एउटै कम्युनिष्ट पार्टी ? (भिडियो)

करिब ३ घण्टा देखी प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । यो बैठकलाई बिशेष रुपमा हेरीएको छ किनकी आज पार्टी एकताको लागी हस्ताक्षर हुने र पार्टी एकताको औपचारीक घोषाण गरिने भनिएको छ । बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् । त्यसैगरी माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि बैठकमा सहभागी छन् ।