अनमोललाई गुलाबको फूल दिन युवतीको लाइन ! यस्ता छन् अनमोलका क्रेजी फ्यानहरु ! कोही रुने, कोही फोटो नखिचि नछोड्ने

भ्यालेण्टाइन डे को छेकोमा अभिनेता अनमोल केसीलार्इ भेट्न युवतीहरुको लाइन नै लागेको छ । अनमोललार्इ भेट्न युवतीहरु हात हातमा गुलाबको फूल बोकेर घण्टौं सम्म कुरी बसेका थिए । यतिबेला देशभरका हलहरुमा अनमोल अभिनित चलचित्र कृ प्रदर्शन भइरहेको छ । र यो चलचित्रको प्रदर्शनसँगै अनमोलका अनेक थरी फ्यानहरु चर्चामा छन् । यसैविच आइतबार साँझ राजधानीको कुमारी हलमा अनमोल आउने थाहा पाएपछि उनका केही फ्यानहरु दिउँसै देखि त्यहाँ पुगेका थिए । यसरी हलमा अनमोललाई कुरिबसेका युवतीहरु उनलार्इ देख्ना साथ अनमोल अनमोल भन्दै चिच्याएका थिए । उनीहरु मध्ये धेरै युवतीहरुले हात हातमा गुलावको फूल लिएका थिए । केही युवतिहरु भने अनमोललार्इ देख्दा साथ रोएका थिए भने केहीले फोटो नखिचि नछोड्ने अडान लिएका थिए । के यस्ता फ्यानहरुलार्इ अनमोलले भेटे त ? अनमोलले ति युवतीहरुको गुलाव फूल स्वीकार गरे त ? अनमोलसँग ति युवतीहरुले फोटो खिच्न पाए त ? कस्तो रह्यो त अनमोल र फ्यानहरुको आमने सामने इनकाउण्टर । हेर्नुस् भिडियोमा ।