सलमानलाई नेपाल ल्याउने पैसा धुर्मुस – सुन्तलिलाई दिएको भए राम्रा २ वटा वस्ती बन्थे !

बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँने समाचारले नेपालि मिडियामा निक्कै स्थान पाईरहेको छ ।

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ का लागि खान नेपाल आउँन लागेका हुन् । यसको बारेमा रंग मिडियामा धेरै गसिपहरु त बाहिरीसकेका छन् । त्यस मध्यमा नेपालि राजपटमा चलेकी नायिकाहरुले सलमानको कोरष डान्स गर्न इन्कार गरेको कुराले माहोल निकै ततायो ।सलमान वलिउडकै महँगा नायक हुन् । नेपालमा उनलाई महँगो पैसा तिरेर ल्याईदैछ वलिउडक किंग नेपालमा आउँनुले नेपालि फिल्म ईण्डाष्ट्रीमा त राम्रै महत्व राख्ला तर उनलाई १२ करोड तिरेर नेपाल ल्याईदै गरेको समाचार बाहिरिए सँग सामाजिक सन्जालहरुमा यसको निकै आलोचना भैरहेको छ ।[youtube https://www.youtube.com/watch?v=TctS6nEQzFg]

१२ करोडमा ल्याईदै छ सलमानलाई:१२ करोडमा सलमानलाई ल्याउनु भन्दा त १२ करोड धुर्मुस सुन्तलिलाई दिएको भए अरू दुई ओटा नमुना बस्ती बन्ने थिए । हजारौं बालबालिकाले पढने अबसर पाउँथे सयौं हातले ति दातालाई रातदिन आशिर्वाद दिँदै पुकार्थे । गरिबको जिबन फेरीने थियो तर यहाँ महंगो टिकटमा सलमान लाई हेर्नेको ठुलो जमात छ ।
भगवान आउनै लागेसरी किन मरिहत्ते ?

हाम्रो देशका ल्याए वापत करोडौँ तिर्नुपर्ने ? यो कस्तो अचम्मको कुरा हो । मान्छेहरु खाना नपाई, न्यानो नपाई छटपटिएर मरिरहेका छन् ।

नेपालि नायिकाहरु द्वारा वहिष्कार:मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरुले नाच्न अस्विकार गरेका छन् । नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले सलमानको शोमा नाच्न अस्विकार गरेका हुन् । किन गरे त दबंग खानको शोमा नाच्न यी नायिकाले अस्विकार ?

‘हामीलाई सम्मान नै भएन’, नायिका स्वस्तिमा खड्काले सुनाइन्, ‘हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’ उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरिन् । ‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ बुझिए अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो ।

यता ओडिसीका प्रमुख सिमान्त गुरुङले प्रस्ताव गरिएका नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने बताए । ‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।