पूर्व राजा भारत सवारी हुदा चल्यो नारा राजा आउ देश बचाऊ (भिडियो सहित)

पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार हिजो अपरान्ह ४:१० को विमान बाट भारत सवारी होइबक्सियो तेसै क्रममा राजभक्त,राष्ट्रबादी तथा समर्थकहरु उल्लेखनीय उपस्थिति भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थालमा सरकारको दर्शन गर्न उपस्थिति भै दर्शन तथा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ महाराजधिराज सरकारको जय जय जय हो भन्ने जस्ता नारा लगाएका थिए। शुभ यात्रा मौसुफ सरकार। जय देश जय नरेश!

गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्र शालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाले उनी माघ २२ गते (सोमबार) भारत प्रस्थान गर्न लागेका हुन् ।

माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाको रुपमा विशेष आमन्त्रण गरिएको छ ।

त्यस अवसरमा ज्ञोनन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ । स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन ।

उनलाई पूर्व श्री ५ नभइ श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ।