बिध्नहर्ता भगवान श्रीगणेशले सबैको कल्याण गरुन, मंगलबार २३ माघ फेब्रुवरी ६ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ २३ गते मंगलबार इश्वी सन २०१८ फेब्रुवरी ६ तारीख फाल्गुन कृष्ण पक्ष षष्ठी तिथी १२ः१५ बजे सम्म पश्चात सप्तमी तिथी चन्द्रमा तुला राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बोलीका कारण सामान्य समस्यामा फसिएला तर्सथ बोल्दा सजग रहनु होला । ब्यापार ब्यवसायका क्षेत्रमा समय मध्यम रहेको छ । गरीरहेको कार्य सम्पादनामा ढिलाई हुनाले नजिकका ब्यक्ति हरुसँग बैमनश्यता उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दीहरुको बृद्धि हुनाले हर कदममा सोचबिचारको आवश्यकताको रहनेछ । मित्रजनसँगको अधिक निकटताले सामान्य खर्चको सम्भावना रहनेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु उत्तम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौधिक ब्यत्तित्व सँगको भेटघाट दीर्घकालिन फाईदा मुलक साबित हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । खानपानका क्षेत्रमा सजग रहनु होला स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । सामान्य यात्राको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । दाम्पत्य शुखमा सामान्य खराबि आउन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।