श्रीपशुपतिनाथले सबैको रक्षा गरुन, सोमबार माघ १५/जनवरी २९ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ १५ गते सोमबार इश्वी सन २०१८ जनवरी २९ तारीख माघशुक्ल पक्ष त्रयोदशी तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण शिशिर ऋतु सोमप्रदोषव्रत सौभाग्य शूर्पदान – ज्यो. पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आत्म बिश्वास बढेता पनि नजिकका ईष्ट मित्रजनहरु बाट सामान्य धोका हुन सक्नेछ । अनावश्यक यात्राका कारण सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खानपानका क्षेत्रमा बिशेष ध्यान पूर्याउनु पर्ने समय रहेकोछ । वाणीमा मधुरता छाउनेछ । आफन्तजन सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनमा बिभिन्न नकरात्मक सोचाईले बास गर्ने सम्भावना रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

ब्यापार ब्यवसायमा जिवन साथिको अग्रसरता उत्तम साबित हुनेछ । मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहेता पनि शारीरिक आलस्यताले भने सताउन सक्नेछ । पारीवारिक साथ सहयोग मनग्य रुपमा प्राप्त हुनाले नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बिश्वासिला ब्यत्तिहरुसँग सामान्य मनमुटाब साथै धोका हुन सक्नेछ । तात्कालिक खर्चको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य तनाब उत्पन्न हुनेछ । आफन्तजनहरु सँग टाँढा भएको अनुभब रहन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नँया कार्यको थालनि गर्न उत्तम समय रहेकोछ । आर्यआर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ । प्राकृतिक श्रोत साधनको प्रयोगमा मन रम्नेछ । प्रतिपक्षीहरु सबल रहनेछन ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मान्यजनहरुको साथ सहयोग द्वारा रोकिएर रहेका कार्य सम्पादन गर्न सहजता रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाइको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाइ प्राप्त हुनाले कार्य प्रतिको लगनसिलतामा कमि आउन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटको सम्भाबना रहेकोछ । आटँ र शाहसमा बृद्धिहुनाले कार्य सम्पादनमा सहजता रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजन बिच वादविवादको झमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यको त्रुटीका कारण मानसिक तनाबको सामना गर्नु पर्ने योग रहेकोछ । भोजभतेरजन्य कार्यमा सरिक हुने अवसर जुट्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक साथ सहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । खानपानका जन्य क्षेत्रमा सामान्य खर्च गर्नु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानि उत्तम साबित हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गरेमा दिन उत्तम रहनेछ । प्रतिश्पर्दीहरु सबल रहनाले कार्य सम्पादनमा बिशेष साबधान रहनु पर्नेछ । सामान्य चोटपटकको सम्भाबना रहेकोछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको समभाबना रहेकोछ ।

कुम्भ राशि – स् गु, गे, गो, सा, सि, सु, से, सो, द

अधिक परीश्रम पश्चात अध्यन अध्यनपनका क्षेत्रमा समय ब्यतित रहनेछ । अग्रज ब्यत्तित्व हरुको अनुशरणको सुयोग प्रात्त हुनेछ । आर्य आर्जनका मनग्य श्रोतहरु फेला परेताापनि शारीरिक आलस्यतको कारण सामान्य समस्या उत्पन्न हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक साथ सहयोग मनग्य प्राप्त हुनाले मन प्रशन्न रहनेछ । अधुराकार्य सम्पादन गर्न समयले साथ दिएकोछ । मान सम्मान प्राप्तीको योग रहेकोछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।