‘माग्ने बुढा’को व्यंग्यात्मक प्रहार, कस्ता कस्ता—हरु सभासद भएकाे याे देशमा एक क्षमतावान नेपाली महिला सभासद हुनलाई यति गुण काफी छैन र?

देश र समाजमा भइरहेका घटनाको बारेमा निकै जागरुक देखिने कलाकार ‘माग्ने बुढा’ उर्फ केदार घिमीरेले फेरी पनि आफ्नो सामाजिक सञ्जालमा कोमल वलीको बारेमा लेखेर चर्चामा छन् । हेरौं माग्ने बुढाले सार्वजनिक गरेको स्टाटस जस्ताको तस्तै :

काेमल वली एक महिला हुन्
उनी एक नेपाली नागरिक हुन्
उनी एक राष्ट्रिय धाविका हुन्
दाेहाेरीमा छ पटक राष्ट्रिय विजेता हुन्
वक्तृत्वकलामा राष्ट्रिय च्याम्पियन भई
जापान गएकी प्रथम नेपाली महिला हुन्
साेसियाेलाेजीलगायत कम्तिमा तीन विषयमा डिग्री हाेल्डर हुन्,
उनी समाचार वाचिका तथा कार्यक्रम प्रस्ताेता हुन् ,
राजेश हमालसँग फिल्म खेलेकी फिल्मी कलाकार हुन् ,
राई झुमा, बाँझाे खेत र पाेईल जान पामजस्ता गितका गायिका पनि हुन्।
ल अब भन्नुस्
कस्ता कस्ता——–हरु सभासद भएकाे याे देशमा
एक क्षमतावान नेपाली महिला सभासद हुनलाई यति गुण काफी छैन र?
उनीसंग जेल बसेको अनुभब छैन होला ,जेल बस्न थालेको भए अध्ययन गर्ने मौका मिल्थेन होला । (एक जनाले पोस्ट गरिदिनुहोस भनेर अनुरोध गरि इनबक्समा पठाएको ) —- एक बौद्धिक महिला सभासद बन्नु पर्छ भन्नेले शेयर गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.