पुश्कल शर्मा र मुना थापा मगरको आवाजमा फेरी आयो मार्मिक गित “छोटो जिवन ” सार्वजनिक

रोशन पोखरेल ,विराटनगर , माघ ९
नेपाली लोक सौगाताको क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा छोटो जिवन प्रियसी म्युजिक प्रालीको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । पदम भण्डारी र रत्न रसाइलीको प्रस्तुतिमा छोटो जिवन बजारमा आएको हो । मानिस भित्रका विभिन्न अवस्थाहरुलाई जिवनमा आउने गर्छ । शिव भण्डारीको उत्कृष्ट शव्द सिर्जना तथा संगितमा “छोटो जिवन ”भर्खर मात्र सार्वजनिक भएको छ । गीतको भिडियोलाई बविता श्रेष्ठको निर्देशन रहेको छ । गीतले माया प्रेम सहित प्रेमका भावहरुलाई रोचक तरिकाले ब्यक्त गरिएको छ । मुकेश हुमाँगाईले गितको भिडियोलाई छायाँकन गरेका छन । “छोटो जिवन ”को भिडियोमा आशा खड्का र गोविन्द भण्डारीको अभिनय रहेको छ । गितलाई अविनास डिसीले सम्पादन गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।