रविलाई दलहरुले ठगलाई ठग नभन्नु दबाब दिएपछि दलीय ठगहरुलाई नग्याउँने रबिको उद्घोष

चितवन भरतपुर क्यानसर अस्पतालका डक्टरको कमाउ धन्दा, प्रहरीले खोज्दै २५ गाउँ ठग्ने श्याम परदेशीदेखि ३ लाख घुससहित असई पक्राउसम्म !
गरीब नेपालीलाई ठगेर, झुक्काएर कमाएको धनले के आनन्द दिँदो हो ?
अधिकांश हामी नेपालीहरु सोझा छौँ, मेहनती छौँ, शान्त छौँ, तर केही चाहीँ त्यसका ठिक उल्टा छौं । सोझा साझा, मेहनती र शान्त मानिसहरुलाई यसरी ठगीदिन्छन् की तीनको उठिवास नै लाग्छ । ठगहरुको संजाल ठुलो छ । ठगेरै विल्डिङ, गाडी र अकुत कमाएकाहरुको रवाफ नै वेग्लै छ । यी सुटेड, बुटेड ठगहरुको कनेक्शन प्रहरी, प्रशासन देखि राजनीतिक दलका नेताहरुसम्म हुन्छ । गरीब नेपालीलाई ठगेर, झुक्काएर कमाएको धनले के आनन्द दिँदो हो ?

तर ठगहरुको भण्डाफोर, पर्दाफास गर्न छोड्नु हुँदैन । टोलका मै हुँ भन्ने टपरटुइया देखि देशका मन्त्रीसम्मले मानिसलाई ठगेका छन् । ठगेर भागेका र विदेशमा लुकेकाहरुको लिष्ट पनि लामो छ तर समस्या एउटै छ कि गरीबको चमेली बालिदिने कोही छैन । ठगका तस्वीर टिभीमा, पत्रपत्रिकामा छापिन्छन तर पनि तिनको हिम्मत घट्दैन बरु अझ बढ्छ । ठगलाई ठग नभन्नु भनेर कहिले काही त केही राजनीतिक दलका घुमाउरा दबाब पनि आउँछन् कारण कुनैबेला ती राजनीतिक दलको झोला बोकेको नाताले ठगहरु आफ्नो दलका नेताहरुलाई आँफुलाई बचाइदिन याचना गर्दारहेछन् ।

अब विदेशमा बसेका ठगहरुको कुरा गरौँ । कानुन फितलो हो कि इच्छाशक्ति कमजोर हो, इन्टरपोलले हामीलाई दिएको बचन एउटा पनि पुरा गरेको छैन । फलस्वरुप ठगिएकाहरु सडकमा आइसके तर ठगहरु एङगल फेरी फेरी सेल्फी खिच्दै छन् र सामाजिक संजालमा पोष्ट गर्दैछन् । तिनको प्रोफाइल पिक्चरले यो देशको सुरक्षा व्यवस्था र यसको पहुँचलाई ठाडो चुनौती दिइरहेको छ । विदेशमा रहेका च्याउ झै उम्रिएका नेपाली संघसंस्थाहरु पनि कति लाचार रहेछन् भने ति ठगहरुका विरुद्ध उभिनु र बोल्नुको साटो तिनकै फोटोहरुमा लाइक ठोकेर बसेका छन् ।

तिनकै व्याक ¥याडमा बार्बीक्यु गरेर बसेका छन् । विदेश पुगेर पनि २ क्यान वियर र कुखुराको २ ओटा साप्रा का लागि ठगहरुको संगत र चाकडी नछोड्ने दोस्तहरु देखेर म चाँही तीन छक परेको छु । गैर आवसिय संघ संस्था को पदाधीकारी भएपछि ठगहरुको विरुद्ध बोल्न वा कार्वाही गर्न किन हिच्किचाएका रहेछन् भनेर हामीले पनि यसो बुझी हेरेको त केही देशका केही एन आर एन पदाधीकारीहरु आँफै ठगका नाइके रहेछन् ।

पाप धुरीबाट कराउँछ, धुरीमा ऐन्टेना वा डिस हुन्छ, जसका माध्यमबाट टिभी आँउछ । टिभी मा हामी कराउँछाँै ठगहरुका विरुद्ध । पाप धुरीबाट कराउँछ । खिच्नुहोस सेल्फी, गर्नुहोस् पोष्ट, खानुस बार्विक्युव, तर ठगेर विदेशमा बसेको फलानोलाई आज ईन्टरपोलले नेपाल ल्याएको छ भनेर हेडलाईन बनाउन हामी तयार छौं । हवाईजहाजको गेटमै पुगेर तपाईलाई स्वागत गर्न हामी लालाईत छौं । त्यत्तीखेर एउटा फोटो हामी पनि खिचौला र पोष्ट गरौला । तर तपाईको टाईमलाईमा होईन न्युज २४ नेपाल टिभीमा ।

आजको बिशेषहरु – भरतपुर क्यानसर अस्पतालका डक्टरहरुको कमाउ धन्दा कुनै समय एसियाकै नमुना क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल अहिले रिफरल सेन्टरमा परिणत भएको छ । क्यान्सरका बिरामीलाइ दिइने महत्वपूर्ण सेकाइ थेरापी रेडियसन थेरापी को लागि रेडियसन अन्कोलोजी बिभागका चिकित्सकहरुले आफ्नो लगानी भएको भक्तपुरको काठमान्डौ क्यान्सर सेन्टर मा बिरामी रिफर गर्ने गरेका छन् ।

३ लाख घुससहित असई रेशमबहादुर खड्का रंगेहात पक्राउ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशमबहादुर खड्का तीन लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

२५ गाउँ ठग्ने सर्लाहीका श्याम परदेशीलाई खोज्दै प्रहरी -जाली तमसुक बनाएर सर्लाहीका २५ गाउँ नै ठगेका श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाह बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अदालतका न्यायाधिशले चासो देखाएकाछन् । हामीले श्याम परदेशीले जाली तमसुक बनाएर पीडित बनेका स्थानीयहरुका बारेमा सर्लाहीको हरीपुरमै पुगेर रिपोर्टीङ गरेका थियौ ।

प्रकाशित मिति २०७४ माघ ९ , मंगलबार