राजसंस्था फर्काएर नेपाल बचाउनु पर्छ: लालबाबु र डा.केसी जस्ता २० जना मानिस भए देश बन्छ

कांग्रेस नेता कृष्ण प्रसाद सिटौला र बाबुराम भट्टराई हिन्दु धर्मको सबै भन्दा ठुलो दुश्मन हुन् जसले भैरहेको हिन्दु राष्ट्र र राजतन्त्रलाई हटाउन सबै भन्दा ठुलो भूमिका खेले भन्दै पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले तिखो टिप्पणी गरेका छन् । गिरिजाले त्यो बेला कुनै न कुनै रुपमा राजा राख्न खोजेको कुरा आफुलाई बताएको बस्न्यातले जानकारी दिएका छन् । २०६२/६३ मा भारतीय नेता करणसिंह लगायत दलहरुको बिचमा राजतन्त्र राखे सहमति भएको सबैलाई थाहा नै छ भने दाबि गरेका छन् ।

राजसंस्थालाई ‘ताली पिटेर’ हटाउन नहुने भन्दै उनले फेरि पनि जनमत संग्रहमार्फत राजसंस्था ल्याउनु आवस्यकता रहेको जिकिर गरेका छन् । ‘राजासँग सम्झौता भएकै हो, माधव नेपाल, प्रचण्ड, डा. बाबुराम भट्टराई, सिटौला लगायत नेताहरुलाई सब थाहा छ । उनीहरु अहिले बुझ पचाउँदैछन्,’ उनले भने, ‘राजसंस्था फेरेको त केही राम्रो होला की भनेर हो, तर पहिले राजा भन्दा पनि गणतन्त्रवादीहरु त हजार गुणा खराब भइदिए । त्यसैले हजार गुणा खराब भन्दा त खराब मात्रै ठीक नी ।’

देउवा , ओली र प्रचण्ड संसारकै शक्तिशाली नेता भएका छन् जसलाई कुनै अदालत , कानुन , प्रहरीले समात्न पनि सक्दैन जुन कुरा संबिधानमा नलेखिएको भए पनि यी नेताहरु संबिधान भन्दा माथि रहेको बताए । यसबाहेक बस्नेतले नेत्रविक्रम चन्द विप्लवसँग केही आशा रहेको भन्दै कुनै बेला आफ्नो दुश्मन भए पनि देशलाई बिद्रोहको सम्भावना र आवस्यकता रहेको उनको भनाइ छ ।बस्न्यातले पछिल्लो समय लोकतान्त्रिक दलहरुले ‘लुट मच्चाएको’ भन्दै राष्ट्रियताको प्रतिक राजसंस्था मात्रै हुनसक्ने बताएका छन्।

एमाले नेता लालबाबु पण्डित र गोविन्द केसीलाई देउवा सरह मान्दै पण्डित र केसी जस्ता २० जना मानिस भए देशले पुरै काँचुली फर्ने सक्ने बताए । हिन्दु धर्म र राजतन्त्रलाई प्रयोग मात्रै गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने कमल थापालाई जनताले सजाय दिएका छन् तर हिन्दु धर्म र राजसंस्थाप्रति आशाबादी रहेको दाबी गरेका छन् ।

नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातको खरो अन्तर्वार्ता