माता श्रीमनकामनाले सबै जयकल्याण गरुन, शनिबार ६ माघ/जनवरी २० को राशिफल

आज श्री शाके १९३९ बि. स. २०७४ साल माघ ६ गते शनिबार इश्वी सन २०१८ जनवरी २० तारीख माघशुक्ल पक्ष तृतीया तिथी प्रातः १२ः६ बजे सम्म पश्चात चतुर्थी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य उत्तरायण शिशिर ऋतु तिलकुन्द चौथी – ज्यो.पं. सरोज घिमिरे !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परीश्रमको राम्रो कदर हुने योग रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहला । खानपानको योग रहेकोछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखापर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा सजग रहनु होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनहरुको साथ सहयोगमा जटिल कार्य सम्पादित रहनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य सम्पादनको श्रेय प्राप्त रहनाले मन हर्षित रहनेछ । सामाजिक कार्यका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कार्यसम्पादनमा जटिलता उत्पन्न हुनाले धैर्यधारण गर्नु उत्तम रहनेछ । शुभचिन्तकहरु प्रतिद्वन्धि बन्नेछन । कार्यसम्पादनकाक्षेत्रमा गोपनियताको आवश्यक रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मनोरञ्जन तथा भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । आय मुलक कार्यका क्षेत्रमा लगानि गर्ने उत्तम समय रहेकोछ । जिबन साथीको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहने योग रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक अस्वस्थताका कारण सामान्य खर्चको सम्भाबना रहनेछ । अरुको प्रशन्नताका निम्ती अधिक परिश्रम गर्नुपर्ने समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु होला । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँट र शाहासको बृद्यि हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य आर्थिक अभाब झेल्नु पर्ला । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।