गरिव र जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

पुष २३ गते । रत्ननगर नगरपालिका १ स्थित वकुलहर माध्यमिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ । राधा माधव समिति टाँडी शाखा,डिभाईन युवा क्लव र विद्धत समाज नेपालले आईतवार सो विद्यालयमा अध्ययनरत ८० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेका हुन् । वकुलहर माविको कक्षा १ देखी ४ कक्षा सम्म अध्ययनरत ति विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायत आयोजक संस्थाका पदाधिकारीहरुले न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेका थिए । राधा माधव समिति टाँडीका अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडा,सोही विद्यालयकी प्रधानाध्यापक कमला ढकाल लगायतले मन्तव्य राखेका थिए ।