करिब तेह्र वर्षको अन्तरालपछि सांगितीक क्षेत्रमा कमव्याक भएका गायक : मार्मिक गित भिडियो सहित ‘सडक छाप’

करिब तेह्र वर्षको अन्तरालपछि सांगितीक क्षेत्रमा कमव्याक भएका गायक, रचनाकार एबं संगीतकार रमेश बिक्रम रत्नको सडक छाप भाग १ सार्वजनिक भएको छ । नेपालमा हजारौ ब्यक्तीहरु पिडीत एबम् सडक छाप छन् ।

कतिपय ब्यक्तीहरु आफ्नो बस्ने बास समेत नभएको कारणले सडकमै आफ्नो बास बनाउनु पर्ने अवस्था संगै बाध्यता पनि छ । तर यस प्रती सरकारको कुनै पनि चासो गएको पाईदैन । कसैलाई सुखै सुख छ भने कसैलाई दुखै दुख छ । कतिपय नेपालीहरु भोक भोकै मर्नु परेको समाचार पनि बेला बखत आईरहन्छन् । त्यसै ब्यथालाई चित्रण गर्दै रमेश बिक्रम रत्नले गीतमा उतार्ने प्रयास गरेका छन् । उक्त गीतमा रमेश बिक्रम रत्नको लय तथा शब्द श्रृजना रहेको छ भने रमेश बिक्रम रत्न, लक्ष्मी परियार र दिपेन थापाको स्वर रहेको छ ।

बाल गायक दिपेन लामा सानै उमेरबाट आफ्नो परिवारबाट निकै टाढा रहेको र उनकै जिवनीलाई आधार बनाएर यस गीतको रचना गरिएको गीतकार रमेश विक्रम रत्न बताउँदछन् । यस गीतलाई सुन्दर लामाले एरेञ्ज गरेका हुन् । प्रेम लामाद्धारा निर्देशित गीतमा दिपेन थापा, शेर जी, सुस्मिता सापकोटा, अमृत फुयाल भिम आलेको अभिनय हेर्न पाईन्छ । सो गीतमा दिपेन्द्र थपलियाको छायांकन, दिप्सन अधिनायकको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस