घर त ठिमीमा, माछी काहँ छ, बदाम खाको सुन्तला छोडाको लगायतका चर्चित गितहरु बजारमा ल्याएर थुप्रै दर्शक श्रोताको माया र चर्चा बटुल्न सफल काँठ क्षेत्रका चर्चित गायक सरोज लामिछाने र बोली नफेर, कलकल पानी कुवाको जस्ता चर्चित गित र थुप्रै गितमा मोडलिङ्ग गर्न सफल गायक तथा मोडल दिनेश थापा पछिल्लो समयमा सांगितक जोडी बनेर चिनिन रुचाएका छन् । हरेक कार्यक्रमहरुमा संगै हिड्दै आएका यि दुई गायक ओके नेपालको लोकप्रिय कार्यक्रम छुच्चीनानी शो. मा पनि संगै उपस्थित भएका थिए । जहाँ उनीहरुले आफ्ना सांगितिक जिबनको विषयमा थुप्रै कुराहरु व्यक्त गरे भने समय समयमा मनोरन्जनको लागि आफैले बजारमा ल्याएका मिठा मिठा गित पनि गाएर सुनाए भने अर्को रमाइलो कुरा उनी दुबै जनाले छुच्ची नानी संग रमाइलो दोहोरी पनि गाए । दोहोरीमा दुबैले छुच्ची नानी लाई तोकेका थिए भने छुच्ची नानीलाई पाउनका लागि आपसमा झगडा पनि गरेका थिए । छुच्ची नानीलाई पाउन दुई गायक विच भएको झगडा हेर्न तलको भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=JqHvlU3Mbas&w=560&h=315]
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/01/vlcsnap-error070.png?resize=1440%2C720&ssl=1)