दृष्टिविहिन समुदायको साथ क्लाउड नाईनले मनायो माघे संक्रान्ती।

पोखराको मुख्य बजार चिप्लेढुङामा रहेको क्लाउड नाईन रेस्टुरेन्टले दृष्टिविहिन समुदाय लाई घिउ, चाकु, तरुल, पिडालु र सक्खर खुवाएर माघे संक्रान्ती पर्व मनाएको छ। चाड सबैको भन्ने मान्यता सहित सोमबार रेस्टुरेन्टले पोखरेली दृष्टिविहिन समुदायलाई “माघे संक्रान्ती एबं खानपिन कार्यक्रम” मा सरिक गराएको थियो ।

हरेक वर्ष माघे संक्रान्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको रेस्टुरेन्टले यस वर्ष भने दृष्टिविहिन समुदाय संग माघी पर्व मनाएको क्लाउड नाईन का संस्थापक महेश्वर सिंह भण्डारीले बताए । पोखरेली दृष्टिविहिन हरुले आगामी दिन सबैको माया, साथ र सहयोग पाएमा समाजमा उदाहरणिय काम गर्ने बताए । उनिहरुले क्लाउड नाईनले माघे संक्रान्ती मा सम्मान का साथ आफु हरुलाई निम्तो गर्दा ज्यादै खुशी भएको बताएका छन् । आगामी दिन हरुमा पनि यस्तै कार्यक्र्म गरेर उच्च भावना का साथ समाज का बिभिन्न समुदाय संग सम्बन्ध बिस्तार गर्ने संस्ठापक भन्डारी ले जानकारी दिए ।