नवराज सिलवालको सांसद पद धरापमा, यस्तो लेखिएको छ पक्राउ पुर्जिमा (भिडियो सहित )

पूर्व डिआईजी तथा सांसद नवराज सिलवालको सांसल पद धरापमा परेको छ । उनलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गर्न पूर्जी जारी गरेको छ । तर उनी कार्यक्रमको लागी मलेसियामा छन् । कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको हो । परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ । आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो । हेरौ पक्राउ पुर्जिमा के लेखिएको छ ? अब के गर्लान सिलवाल ?
[youtube https://www.youtube.com/watch?v=MPOUXnPAfPA&w=640&h=360]