अमेरिकामा गर्नै नहुने १० भूलहरु ,सावधान हुनु नै बुद्धिमानी

विजय थापा ,जब हामी परदेश जाने योजना बनाउछौ l उक्त देशको बारेमा धेरै कुराहरु जान्न महत्वपूर्ण हुन्छ l नेपालीहरुले मात्र हैन ,बिश्व कै सबै भन्दा ज्यादा मानिसले मन पराईएको राष्ट्र अमेरिका l ज्यानको बाजी र लाखौ लाख खर्च गरेर अमेरिका आउने क्रम झन् तिब्र बढेको छ l

यही आउने क्रम मै नेपालीहरु अमेरिका आउनेक्रम अविरल रहेको छ l सवै वर्ग ,पेशा ,उमेरका नेपालीहरु आउने हुनाले अमेरिकामा सावधान हुनु नै बुद्धिमानी हुन्छ l हामीले नेपालमा सामान्य मान्ने र लाग्ने कुराहरु अमेरिकामा ठूलो रुप लिने हुनाले हामीले ज्ञान लिन्नै पर्छ l नत्र ठूलो दूर्घटना आफ्नै अगाडी आईपर्छ l कारागार ,हतकडी र ज्यान पनि जान सक्ने हुन्छ l

अमेरिका पुगेको दिन देखि नै लागू गर्न सक्यौ भने हामी बुद्धिमानी ठहर्छौ l नत्र परदेशमा दुख पाईन्छ l अमेरिकामा ईमान्दार हुनु पर्छ l ठग्न सक्छु भन्ने मन को कुनै कुन या मस्तिस्कमा नराख्नु नै उत्तम l

अमेरिकामा बसोबास गरि रहेका भन्दा पनि भर्खर अमेरिका आएका तथा आउने योजना भएकाले अमेरिकामा के के जान्नु पर्दछ भन्ने कुरा निकै महत्व राख्दछ l जान्नै पर्ने हुन्छ l

अमेरिकामा गर्नै नहुने १० भूलहरु ,सावधान हुनु नै बुद्धिमानी :

१ .अमेरिका ढाट्नु नहुने : बिर्सेर पनि अमेरिकामा कहिले पनि ढाट्नु हुदैन l ५० औ बर्ष देखि अमेरिका बसेता पनि ढाटेको रहेछ भने देश निकाला गर्ने सम्भावना हुन्छ l र ,गरेका कैयौ उदाहरण छन् l नेपालीहरु अनेक कागजात या अन्य कुरामा ढाट्ने हुँदा फर्काइएका छन l यो देशमा ईमान्दारी हुनु पर्छ l जे छ त्यही भन्यो भने जीवन उद्धार हुन्छ l ढाट्ने परिकल्पना पनि नर्गनु होला l आफुले जीवनका कुनै कालमा गरेका र अमेरिकामा जुन चीजलाई अत्यन्तै गम्भीर रुपमा लिइन्छ त्यस्ता कुरालाई कतै चुहाउनु भयो भने पनि तपाई फस्ने डर हुन्छ l बिगतमा गरेका कुराहरु माथि शंका भयो भने ठुलो भूमरीमा फस्ने आदर हुन्छ यसमा सावधान हुनु नै बेस l

२. मादक पदार्थ सेवन गरि सवारी साधन नकुदाउनु नै असल : हुन् त अमेरिका भन्दा काठमाडौँ नेपालमा मापसे जाच ज्यादा हुन्छ भन्ने सुनिन्छ l अमेरिकामा बुद्धिमानीले कहिले पनि मादक पदार्थ सेवन गरि सवारी साधन कुदाउदैनन् l अमेरिकामा सवारी साधन रोक्ने सम्भावना नै हुदैन किनभने २४ सै घण्टा सवारी साधन आवत जावत हुने गर्छ l केही गरेर मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ पर्नु भयो भने जीवनमा धेरै कुरा गुमाउनु पर्ने हुन्छ l भनसुन र राजनैतिक आशिर्बादले काम गर्दैन l स्वयम् पूर्व राष्ट्रपति जर्ज बुसका छोरीलाई कारवाही गरिएको थियो l झन् नागरिकता लिने मानिसलाई यस्ता बिषयमा पक्राउ गर्यो भने जीवनमा पाइने भने आशा ज्यादै कम हुन्छ किनभने अपराधी गतिबिधिमा सामाजिक सुरक्षाको पद्धतिमा झल्झली देखा पर्ने हुनाले हामी सतर्कता हुनु अपरिहार्य छ l

३ .आफ्ना ससाना बच्चाहरुलाई गाडीमा एक्लै छोड्न नहुने : अमेरिकामा गाडी भित्र ससाना आफ्ना सन्तानलाई छोडेर एकैछिन मा आउछु भन्ने सोच्नु भयो भने तपाईलाई हतकडी लाग्छ l १२ बर्ष भन्दा मूनिका बच्चालाई एक्लै कहिले नछोड्नु होला l नेपालबाटै घोकेर आउनु पर्छ l ठूलो नोक्सान पर्छ जीवनमा l समात्यो भने आफ्नो बच्चा पनि कैयौ बर्ष सम्म दिदैन l

४.घरमा पनि साना छोराछोरीलाई घरमा छोडेर कतै निस्कन पनि हुदैन : अमेरिकामा छिमेकी पनि दुश्मन भै दिन्छन l आफुले छोडेर गएको बच्चाहरु कंकला शब्द गरेर रोएको छ भने प्रहरी बोलाईदिन्छन l प्रहरी आए पछि अभिभावक भेटेन भने अनि काम पुग्यो l

५ .बन्दुकको खेलौना दिन नहुने : अमेरिकामा बालबालिकालाई अत्यन्तै खेलौना किन्ने चलन छ l सबै कुरा किनी दिनु तर बन्दुक को खेलौना भुलेर भए पनि किन्नु हुदैन l यस्ता बोकेको कारण ज्यान पनि सक्ने सम्भावना हुन्छ l सतर्क र सावधान हुनु पर्छ l

६. किशोर/किशोरी सन्तानलाई मादक पदार्थ बाट दूर राख्ने : कहिँ पनि कुनै पनि हालतमा सन्तान २१ बर्ष नपुगुन्जेल मादक पदार्थ या जौ मदिरा (बियर ) पिउन हौशला दिने र उक्साउने समेत गर्न हुदैन l भोज भतेर मा पनि टाडा राख्ने l कसैले झोसी दिए भने अभिभावकले कारागार जानु पर्छ l

७. नचिनेको स्थान या अपरिचित घरका बालबालिका संग बोल्ने नगर्दा नै उत्तम : अमेरिकामा अभिभावक संग नै सोधपुछ गर्ने हुनाले केटाकेटीलाई सोध्नु पर्छ भन्ने मानसिकता राख्नु भयो भने दशा लागेको छ भने दुख पाईन्छ l अपहरणकारीको आरोप पनि लाग्न सक्छ l बच्नु नै असल हुन्छ l

८. राती अर्का को घरमा गाडी रोक्ने र जाने प्रयास नगर्दा नै उत्तम : राती कतै अबेर भएर या कुनै कारण भूलेर अर्कोको घरमा करिव पुग्नु भयो भने पनि घरधनीले गोलि प्रहार सम्म गर्न सक्छ l कानुन पनि लाग्दैन l शंकास्पद लाग्यो र आफ्नो ज्यान बचाउनको लागि गोलि हान्नु पर्यो भन्दा माफ पनि हुन्छ l काल आएको छ भने यसरी अर्को को घरमा मादक पदार्थ खाएर जाँदा मारिएका पनि छन l

९.छोराछोरीलाई सार्बजनिक स्थानमा पिट्नु हुदैन : नेपाल देखि नै बानि परेकोले अमेरिका आए पछि पनि आफ्ना सन्तानलाई झापड हान्ने र कुटपिट गर्ने बानि हुनाले यहाँ पनि के हुन्छ ? कसले के गर्छ घर भित्र नठान्नु होला ? छोराछोरीले नै प्रहरी बोलाउन सक्छन l किनभने उनीहरुले बिद्यालयमा सिकेका हुन्छन र जान्दछन l घरमा पनि प्याट प्याट पनि हिर्काउनु हुदैन l झन् सार्बजनिक स्थलमा हिर्काएको देखियो भने कसैले प्रहरी समेत बोलाई दिन्छन l अनि आर्थिक भार र अदालत को चक्कर अनि दुख l

१० .घरेलु हिंसा तथा यौन उत्पीडन : अमेरिकी कानुनले घरेलु हिंसालाई गम्भीर रुपमा लिन्छ l तथापी अझ पनि घरेलु हिंसा बाट अमेरिका जस्तो देश मुक्त हुन् सकेको छैन l हामी नेपाली चेलीबेटी/महिलाहरु पनि यसका शिकार बनेका छन् l चुप लागेर यस्ता कुरालाई दवाउने पनि छन् l तर अब यो कुरा कुनै पनि नेपालीले पचाउन सक्दैन l महिलाहरु पनि मौन बस्न सक्दैनन् l प्रतिकार गर्दछन l

यसै गरि कुनै पनि तरीकाबाट कसै संग पनि अमेरिकामा यौन उत्पीडनको आरोपमा मुछिनु भयो भने भगवानले पनि बचाउन सक्नु हुन्न l कमाउन र जीवन बनाउन आएकोले यस्ता गलत क्रियाकलाप बाट कोश टाडा रहनु नै फाईदा हुनेछ l