“आम्मैले भन्थे धाराको पानी” रिमिक्स गरे अोमले

जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘साइनो’ फिल्ममा समावेश गीतको रिमिक्स भर्सन हो ।
कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ‘झमक बहादुर’मा भने ओम सुनारले रिमिक्स गरेका हुन् । रिमिक्समा ओमसँगै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । निर्देशक भोमन कटुवालले क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाई नयाँ पुस्तालाई मनपर्ने शैलीमा तयार पारेका छन् ।
मिनकुमार तामाङको निर्माण रहेको फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक कटुवालका अनुसार, झपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडीलाई फिल्म ‘झमक बहादुर’मा देखाइएको छ ।
यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । [youtube https://www.youtube.com/watch?v=VwFmt2ESxYw&w=560&h=315]