Sunday, Apr 11 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
आइतबार, २९ चैत्र २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

आजको राशिफल (२०७४ पौष १३ गते/२०१७ डिसेम्बर २८)

ScotNepal December 28, 2017
0 Shares
Share
Tweet
WhatsApp
Vibe

वि.सं. २०७४ पौष १३ गते बिहीबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २८ तारिख,
पौष शुक्ल दशमी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, शिव योग, तैतिल र गर करण
आजको मूहुर्त : अन्नप्राशन(पास्नी),
भोलिको चाडपर्व र उत्सव : पुत्रदा एकादशी व्रत, मन्वादि, पूर्व राजा श्री ५ वीरेन्द्रको जन्मोत्सव

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:२३ देखि ०२:४० सम्म
यमघण्ट : बिहान ०६:५५ देखि ०८:१२ सम्म
गुलिक काल : बिहान ०९:३० देखि १०:४८ सम्म
काल वारवेला : दिउँसो ०२:४० देखि ०३:५८ सम्म
रोग वारवेला : बिहान ०८:१२ देखि ०९:३० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०३:५८ देखि ०६:५८ सम्म
लाभ वारवेला : दिउँसो १२:०५ देखि ०१:२३ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जिम्मेबारी वहन गर्नु पर्नेछ, आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो, आज । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मसिद्धिको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आफूले सक्दो मिहिनेत गरे पनि त्यसको प्रतिफल र सम्मान अर्कैले भोग गर्ने सम्भावना छ । ठूलाबडा र अभिभावकहरूका साथमा सम्बन्ध चिसिन सक्छ । अभिभावक खासगरी पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले बढी खर्च र यात्रा दुवै हुनसक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । गुप्त योजना कार्यान्वयन हुनसक्छन् । घरपरिवारमा सामान्य छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । परदेशको बसाइमा हुनुहुन्छ भने आकस्मिक लाभ पाउने सम्भावना पनि छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सप्तमस्थ चन्द्रमा भएकाले एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । साथीभाइले सकेको मद्दत गर्नेछन् ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सृजनात्मक सफलता मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । परिवारजनमा समेत असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । रोमान्स र प्रेमप्रसङ्गमा नरमाइलोपन आउने छ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिठो खाने र राम्रो लगाउने अनुकूलता आएको छ । आर्थिक पक्ष सबल छ, राम्रै धनागमको सङ्केत छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने देखिन्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । हाँके/ताकेका क्रियाकलापमा सफलता मिल्ने दिन छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ । परिश्रम गरेबमोजिम कामको समुचित मूल्याङ्कन हुने समय छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा प्रगति हुनेछ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ३०

5 घण्टा अगाडि

चर्चित नेपालकै कमेडी सिरियल “हल्का रमाइलो”

4 घण्टा अगाडि

बुबाको ला,श कुकुरले टोक्दै गरेको अवस्थामा

2 घण्टा अगाडि

सुन्दै डरलाग्दो घटना झापामा घट्यो, कुकुरले

2 घण्टा अगाडि

लोक गायिका टिका पुनले खोलिन लाखौ

1 घण्टा अगाडि

हिरासतभित्रै प्रहरीले चरम यातना दिएको आरोप,

12 मिनेट अगाडि

दीपाश्री निरौलाको हुनै लागेको विबाह किन

12 मिनेट अगाडि

सर्प बिज्ञ प्रेमले यसरि पक्रनु पर्छ

17 मिनेट अगाडि

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ३०

5 घण्टा अगाडि

चर्चित नेपालकै कमेडी सिरियल “हल्का रमाइलो”

4 घण्टा अगाडि

बुबाको ला,श कुकुरले टोक्दै गरेको अवस्थामा

2 घण्टा अगाडि

सुन्दै डरलाग्दो घटना झापामा घट्यो, कुकुरले

2 घण्टा अगाडि

लोक गायिका टिका पुनले खोलिन लाखौ

1 घण्टा अगाडि

हिरासतभित्रै प्रहरीले चरम यातना दिएको आरोप,

12 मिनेट अगाडि

दीपाश्री निरौलाको हुनै लागेको विबाह किन

12 मिनेट अगाडि

सर्प बिज्ञ प्रेमले यसरि पक्रनु पर्छ

17 मिनेट अगाडि

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ३०

5 घण्टा अगाडि

चर्चित नेपालकै कमेडी सिरियल “हल्का रमाइलो”

4 घण्टा अगाडि

बुबाको ला,श कुकुरले टोक्दै गरेको अवस्थामा

2 घण्टा अगाडि

सुन्दै डरलाग्दो घटना झापामा घट्यो, कुकुरले

2 घण्टा अगाडि

लोक गायिका टिका पुनले खोलिन लाखौ

1 घण्टा अगाडि

हिरासतभित्रै प्रहरीले चरम यातना दिएको आरोप,

12 मिनेट अगाडि

दीपाश्री निरौलाको हुनै लागेको विबाह किन

12 मिनेट अगाडि

सर्प बिज्ञ प्रेमले यसरि पक्रनु पर्छ

17 मिनेट अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)160K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)110K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • आजको राशिफल बि.सं.२०७७ साल चैत्र ३० गते सोमवार : दक्षिणकाली...

  • आजको राशिफल चैत्र ३० गते सोमवार : पाथिभारा माताले सबैको...

  • आजको राशिफल चैत्र २९ गते आइतवार : पाथिभारा माताले सबैको...

  • आजको राशिफल चैत्र २८ गते शनिवार : मनकामना माताले सबैको...

  • आजको राशिफल चैत्र २८ गते शनिवार : पाथिभारा माताले सबैको...

  • आजको राशिफल चैत्र २७ गते शुक्रवार : सबैको कल्याण होस्...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT