चर्चित सुन्दरी नायिका रेखा भन्छीन बिवाह गर्न योग्यता चाहिन्छ ! भिडियो सहित !!

‘छोरीका निम्ति स्वर्णिम महा–अभियान’की अभियान्ता एवम् लोकप्रिय नायिका रेखा थापाले बिवाह गर्नको लागि योग्यता चाहिने बताएकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महा–अभियान’ले आज बाँकेको नेपालगंजमा आयोजना गरेको कार्यक्रममा बोल्दै नायिका थापा यस्तो तर्क गरेकी हुन।

चलचित्रको माध्ययम मार्फत नारीमाथिका हिंसाको बिरोद्धमा आन्दोलन हाकि रहेकी नायिका थापाले भनिन्,‘बालबिवाह जघन्य अपराध हो, बालबिवाह अन्त्य हुन आवश्यक छ, जीवनका सुन्दर सपनाहरु पुरा गर्नको लागि, असल योग्य नारी भएर बाँच्नको लागि महिलाहरुले हरेक कदममा अन्तरनिहित क्षमता प्रदर्शन गर्नुपर्छ।’

उनले अघि थपिन,‘२० वर्ष पुरा नभई विवाह गर्नु हुँदैन, अध्ययन गर्नुपर्छ, त्यो केटीले होस या केटाले तर पुरुषहरु कामको सिलसिलामा अन्यत्र जाने हुनाले त्यसको पुरै दोस र जिम्मा कुमारी आमाले वहन गर्नुपर्ने वाध्यता हुन्छ, त्यसैले केटा भन्दा पनि केटीले आफ्नो उमेर २० वर्ष नभएसम्म बिवाह गर्नु हुँदैन, यस्ता गैर जिम्मेवार र जीवन नै धरापमा पार्ने खालका क्रियाकलापलाई निरुत्साहित पार्नको लागि दाईभाईले सहयोग गर्नुपर्छ।’

ईन्जिनियर बन्न, शिक्षक बन्न, पाईलट बन्न, अधिकृत बन्नको लागि आधार चाहिने बताउँदै नायिका थापाले विहे गर्नको लागि झनै बलियो र भरपर्दे आधारको आवश्यकता पर्ने टिप्पणी गरिन ।

त्यस्तै अन्तराष्ट्रिय मोटि भेटर नरबहादुर कार्कीले कुनै मानिसले आफुलाई कम्जोर नठान्नको लागि आग्रह गरेका छन् । कसैले कम्जोर ठान्नु हुँदैन । कोठा पुरा गर्न वा आरक्षणको सिट पुरा गर्नका लागि मात्रै नभएर मुलुकमा महिलाहरुको जरुरी आवश्यकता र अधिकारको प्रयोगका लागि जन्मिएको हो भनेर बुझ्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न स्कुल, मुस्लिम समुदाय लगायत एक हजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । भोली सुर्खेतमा कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ । मुभीकल्बनेपाल बाट साभार :
यसरी सत्य भय माताका भबिष्यवाणी रेखा थापालाइ भिडियो