सुन चाँदी हैन… आशकुमार राईको संगीतको नयाँ बान्की भिडियो

–अजय विश्वास प्रधान

आशकुमार राई मिठा, समसामयिक अनि प्रगतिशील भावनाका गीतहरुलाई सुमधुर संगीतको मालामा उन्न सिपालु संगीतकार हुन् । चचाॅ परिचचाॅबाट टाढै बसे तापनि उनीद्वारा सृजित संगीतमा हुने माधुयॅ र मनोहारिताले उनको संगीत श्रवण गनेॅ स्रोता र पाठकहरुलाई मुहुनी नै लाएको हुन्छ ।

उनै गुणी संगीतकार आशकुमारको एकल संगीतले सजिएर म्युजिक नेपाल माफॅत् नयाँ गीति एलबम “सम्झौता” बजारमा आएको छ । एलबमका गीतहरुबाट सीताराम राईको शव्दमा नरेन्द्र प्यासीको स्वर रहेको ” सुन चाँदी हैन ” बोलको गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ ।

रोमान्टिक मुडको यो स्लो अनि मेलोडियस गीतलाई आफ्नो मधुर स्वरले नरेन्द्र प्यासीले न्याय गनेॅ भरमग्दुर प्रयास गरेका छन् । गीतले खोजेको मुडलाई संगीतकार आशकुमारले अत्यन्त सहजताका साथ तर निकै मिहिनेतपूवॅक पक्रिन गरेको प्रयास सराहनीय छ ।

म्युजिक भिडियोमा पुरै टिमको मिहिनेत प्रस्ट देखिन्छ । विशेषत: लोकशनको कुमारीत्व निकै नै लोभलाग्दो छ । नेपालका यतिविधि सुन्दर दृश्यहरुलाई क्यामरामा हजार पटक कैद गरे पनि ती दृश्य र लोकेशन पुराना हुँदैनन् । क्यामेरा पसॅन जनकराज अधिकारीले प्रकृतिको सुन्दर अनुपम छटालाई नयनाभिराम तरिकाले खिचेर आफ्नो प्रतिभालाई साबित गरेका छन् ।

दीपक ढुंगाना र रेखा थापाले गीतको भाव अनुसार आफूलाई अनुवाद गनेॅ सक्दो प्रयास गरेका छन् । तर रेखा थापाको सौन्दयॅले थाहै नपाई दशॅकको मन चोरिसकेको हुन्छ । प्रियजन राईको निदेॅशन र मनीष काकीॅको सम्पादन कमॅमा खोट लाउने ठाउँ नै छैनभन्दा हुन्छ ।

पूवेॅली जुनतारा म्युजिक प्रालि बितरक रहेको “सम्झौता” गीति एलबमको “सुनचाँदी हैन” मायालु भावको मिठास बोकेको स्लो प्याटनॅको गीत मन पराउने संगीत पारखीहरुलाई यो गीत पक्कै मन पनेॅछ ।

स्वर-नरेन्द्र प्यसी
शव्द -सिताराम राई
संगित -आशकुमार राई
मोडल -दिपक ढुंगाना र रेखा थापा

निर्देशन -प्रियजन राई
क्यामेरा -जनकराज अधिकारी
सम्पादन -मनिष कार्की
उत्पादक बितरक -पुर्बेली जुनतारा म्युजिक प्रा.लि
कृपया एकचोटी हेरेर प्रतिक्रिया दिनु होला