अनन्त प्रेम बानिया स्वदेश फर्किने भय अब हेरौ यो गितले धुर्मुस सुन्तली को मन छुन्छ कि छुदैन भिडियो

नमस्कार! आदरणीय दर्शक र श्रोताहरुमा । आजभन्दा केही दिन् अगाडी लाईभ बसाईमा मैले हाम्री नेपाली चेली स्वर्गीय अष्टमी गुरुङ्, एक होनहार पत्रकार, हामी नेपाली जनताका हीरो रवि लामीछाने र मानसिक सन्तुलन् गुमाएर मैले के कुरा बोल्न हुन्छ? र के कुरा बोल्न हुँदैन भन्ने समेत् दिमाग नभएका, तर आफूलाई यो राष्‍ट्रका कुनै एक विवेकशील नेताभन्दा कम्तीको नसम्झीने, झोले नेता मुकुन्द घिमिरेका बारेमा गीत बनाएको थिएँ।आज म अर्को प्रसंग जोड्न चाहँन्छु।हामी तीन् करोड नेपाली जनताका ढुकढुकी, र आफ्नो पत्रकारिताका माध्यम बाटै भ्रष्टाचार, अनियमितता, कालो बजारी, र तस्करी जस्ता अपराधिक कृयाकलापको खुलेरै पर्दाफास गर्ने, अर्का एक् स्वाभिमानी पत्रकार प्रेम बानीयाँ पनि हाम्रा रवि लामीछानेभन्दा कम् थिएनन्। आखिर किन गए त प्रेम बानीयाँ अमेरिका? तेस्तै आज धुर्मुस सुन्तली फाउण्डेशनको बारेमा मैले यो प्रस्तुति लिएर आएको छु यो सबै जान्नका लागि यो भिडियोमा क्लिक् गर्नुहोस्!!!

धुर्मुस सुन्तली फाउण्डेशन
हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रुपमा खडा गरेको संस्था हो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो।
विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो । यस फाउण्डेसनले अहिले सम्म तीन वटा नमूना बस्ती निर्माण गरि हस्तान्तरण गरिसकेको छ ।
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँ गा.वि.स.मा नमूना बस्तीको पहिलो पटक निर्माण भएको हो । नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्नको लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा तथा विभिन्न संघसंस्थाहरुको श्रमदानमा नमूना बस्तीको निर्माण सफल भएको हो । यो बस्तीको निर्माण दुई महिना १० दिनमा सम्पन्न गरिएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको दोस्रो गिरानचौर नमूना बस्ती हो । यस बस्तीको कुल क्षेत्रफल ३५ रोपनी हो भने ५ करोडको लगानीमा ६५ वटा घर तथा एक सार्वजनिक भवन साथसाथै बालबच्चाहरु खेल्नका लागि पार्कहरु समेत निर्माण गरिएको छ ।
धर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरीलाई लक्षित गरि बर्दिबास नगरपालिका –१ मा पर्ने मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको छ । लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाएका छन् ।