३ बजेसम्म एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी, कसको कति अग्रता

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शनिबार दिउँसो ३ बजेसम्म प्राप्त १ सय ६१ क्षेत्रको मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले २४ सिट हात पारेको छ ।

त्यस्तै माओवादी ९ क्षेत्रमा विजयी भएको छ । कांग्रेस ५ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हात पारेका छन् । एमाले ५६, माओवादी २६ र कांग्रेस १६ स्थानमा अगाडि छन् । संघीय समाजवादी फोरमले ७ र राजपाले ८ स्थानमा अग्रता लिएका छन् ।

मतपरिणामअनुसार प्रदेशसभातर्फ एमालेले २७, माओवादीले १८ र कांग्रेसले ५ स्थानमा जित निकालेका छन् । अन्य दल तथा स्वतन्त्रले पनि ४ स्थानमा जित हात पारेका छन् । त्यसैगरी एमाले ८०, माओवादी ४४ र कांग्रेसको ३५ स्थानमा अग्रता रहेको छ ।

(इमान्दारमिडिया)