युवा नेता गगनकुमार थापा विजयी भए पश्चात् सबैलाई यसो भने (भिडियो सहित )

नेपाली काँग्रेसबाट काठमाडाैँ क्षेत्र नं. ४ बाट फराकिलाे मतान्तरमा विजय भएका गगन कुमार थापाले अाफ्ना क्षेत्रवासी सबै मतदातालाइ हृदयदेखि धन्यवाद दिएका छन् । अाज बिहान सकिएकाे मतगणना थापाले अाफ्ना विपक्षी उम्मेदवार राजन भट्टराइलाइ ३४७८ मतले पराजित गरेर प्रतिनिधिसभाकाे दाेश्राे कार्यकालका लागि अाफूलाइ सुनिश्चित गरेका हुन् । थापाले २१५५१ मत ल्याएर वजयी भएका हुन् भने उनकाे विपक्षी उम्मेदवार राजन भट्टराईले १८१४० मत ल्याए ।

विजयपछि सम्बाेधन गर्दै गगन थापाले अाफ्नाे विजयकाे श्रेय जनता र अाफ्ना अब्बल कार्यकर्तालाइ दिँदै थापाले अबकाे ५ वर्ष क्षेत्र तथा नेपालकाे विकासमा लाग्ने बताए । यसअघि थापाले जितेकाे खबरसँगै सयाैँ कार्यकर्ता राष्ट्रिय सभा गृह पुगेका थिए । सभागृहबाट थापा निवास राताेपूलसम्म र्रयाली अाएकाे थिए । प्रदेशकाे मतगणनापश्चातमात्र विजय र्याली गरिने सांसद थापा श्राेत जनाएकाे छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=bhMEjI584Js]