प्रिय, पर्खिएरै १४ बर्ष बिते, तिमी आएनौ ! ‘तिमी हराइरहनू, म पर्खिरहनेछु’ – रेखा बास्तोला

काठमाडौ- पर्खदा पर्खदै दिनहरू बिते, महिनाहरू बिते, बर्षहरू बिते तर तिमि आएनौ ‘आज मंसिर १७, १४ बर्ष भयो, खै त ? पर्खाईको दूरी जतिसूकै लामो होस्‘गौरबका साथ पर्खिरहनेछू ‘तिमि र तिमि जस्तै वेपत्ता भईदिइरहदा आज धेरैलाई फाईदा र काईदा भइरहेको छ‘‘।अनि तिम्लाई कस्ले खोज्न चाहन्छ र ? त्यसैले तिमि हराइरहनू र मैले पर्खिरहनूको बिकल्प रहेन।’

यो भावेत्तेजक भनाई कुनै उपन्यास वा फिल्मको संवाद होइन यो त आफ्नो जिवन साथी बेपत्ता पारिएको १४ वर्षपछि युवा विद्याथी नेता भिम गिरीकी जिवनसंगिनी टिका बास्तोला रेखाले आफ्नो सामाजिक संजालमा व्यक्त गरेकी भावना हुन् । आफ्नो प्यारो जिवनसाथीको तस्वीरलाई छातीमा टाँस्दै उनले व्यक्त गरेको यो भावना साँच्चै हदयविदारक छ ।

माओवादी जनयुद्धको दौरानमा काठमाडौंको क्षेत्रपाटीबाट १४ वर्ष अगाडि आजकै दिन २०६०मंसिर १७ मा तत्कालिन शाही सेनाले गिरफतार गरी बेपत्ता बनायएका युवा हुन् गिरी । ताहाचालस्थित क्याम्पसका विद्यार्थी नेता गिरी विनापुजी पक्राउ गरिएका थिए, त्यसपछि उनी पुष ५ गतेसम्म महाराजगञ्जस्थित सेनाको भैरबनाथ गणमा राखीएका थिए ।

भैरवनाथ गणबाट उनी सहित निश्चल नकर्मी, सुचिन्द्र महर्जन, सिएन ढुंगाना, अमृत कँडेल लगायत ४९ जना माओवादीमा आस्था राख्ने युवा विद्यार्थीहरुलाई बेपत्ता पारिएको आजसम्म न त लाश देख्न पाएका छन् न त सास नै भेटेको छन् तर उनीहरुका परिवार यसैगरी उनीहरु आउने आस गरिरहेका छन् ।

माओवादी जनयुद्धलार्य शान्ति सम्झौता मार्फत विधिवत अन्त्य गरिएको पनि आज ११ वर्ष वितिसकेको छ तर शाति सम्झौतामा उल्लेखीत वेपत्ता नागरिकको अवस्था ६० दिन भित्र सार्वजनीक गर्ने प्रतिवद्धता र सहमति आजसम्म पालना हुन सकेन ।

हुन त वेपत्ता नागरिक खोजवीन आयोग गठन गरिएको पनि २ वर्ष वितिसक्यो तर न त अझै कुनै वेपत्ता नागरिकको बारेमा यथार्थ ल्याउन सकेको छ न त परिवारलाई आश्वस्त पार्न नै । गिरीकी जिवनसंगिनी वास्तोला राज्य सञ्चालक नेताहरुको इच्छाशक्ति र तदारुकता नभएकै कारण वेपत्ताको अवस्था सार्वजनीक हुन नसकेको धारणा राख्छीन् ।

माओवादी नेतृत्वमा तीन पटक सरकार बनीसक्यो तर पनि वेपत्ता नागरिकको वास्तविक अवस्था सार्वजनीक हुन नसक्नु विडम्बनापूर्ण छ । भीम गिरी सहित काठमाडौं उपत्यकाबाट मात्रै ४९ जना युवा विद्यार्थी र मजदूरहरुलाई भैरवाथ गणबाट वेपत्ता पारिएको थियो भने देशभरबाट करिब १३ सय भन्दा वढि नागरिक बेपत्ता पारिएको तथ्यांक राज्यद्धारा वेपत्ता योद्धा परिवार समाजसँग रहेको छ ।

वेपत्ता परिवारलाई राज्यले १० लाख रुपैया उपलव्ध त गराएको छ तर उनीहरु आफ्नो आफन्तको यथार्थ स्थिति सार्वजनीक गर्न माग गरिरहेका छन् । उनहरुको साझा धारणा छ कि लास चाहियो की सास । परिवारको दिर्घकालीन ढंगले भरणपोषण र रोजगारीको वातावरण बनाउन पनि उनीहरुले माग गर्दे आएका छन् ।साभार:मुलखबरबाट